
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस बाराका महासमिति सदस्य तथा तरुण विभागका सदस्य ४५ वर्षीय मेदनी महतो धानुक (मदन मण्डल) को आइतबार कोरोनाबाट निधन भएको छ ।
धानुकलाई उपचारका लागि आज काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । धानुककाे नारायणी उपक्षेत्रिय अस्पतालमा काेराेनाकाे स्वाब परिक्षण गर्दा कात्तिक १५ गते काेराेना भाइरस पाेजेटिभ देखिएकाे थियाे ।
बाराको आदर्श कोटवाल गाउँपालिका वडा नं. ५ टेढाकटी निवासी धानुकले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

धानुकको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको छन् ।
देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...