
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस बाराका महासमिति सदस्य तथा तरुण विभागका सदस्य ४५ वर्षीय मेदनी महतो धानुक (मदन मण्डल) को आइतबार कोरोनाबाट निधन भएको छ ।
धानुकलाई उपचारका लागि आज काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । धानुककाे नारायणी उपक्षेत्रिय अस्पतालमा काेराेनाकाे स्वाब परिक्षण गर्दा कात्तिक १५ गते काेराेना भाइरस पाेजेटिभ देखिएकाे थियाे ।
बाराको आदर्श कोटवाल गाउँपालिका वडा नं. ५ टेढाकटी निवासी धानुकले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

धानुकको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको छन् ।
देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...