प्रचण्ड फेरि चुनिए, देउवा तयारीमा – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

प्रचण्ड फेरि चुनिए, देउवा तयारीमा

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन् । हिजो बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतले दलको नेता चुनेको हो ।

दलको नेता चुनिएपछि प्रचण्डले नेकपा एमालेसँगको एकता प्रक्रिया बारे गहन छलफल भइराखेको र कोशिस जारी रहेको बताए । उता संसदीय दलको चुनाव गर्न बाँकी रहेको नेपाली कांग्रेसमा भने अभैm दलको नेता चयन हुन सकेको छैन ।

पार्टी भित्रको कलह र विवादका कारण संसदीय दलको चुनावको समेत टुंगो लाग्न सकेको छैन । पार्टी निकट स्रोतका अनुसार दलको नेता पुनः आपैm बन्ने इच्छा पार्टी सभापति शेरबहादुर देउवाले देखाइराखेका छन् भने पार्टीका केही युवा नेताहरुले नेतृत्व हुनुपर्ने पक्षमा चर्काे आवाज उठाइरहेता पनि देउवा पक्षकै पल्ला भारी भएको स्रोतको दावी छ ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ फाल्गुन ७, ०६: ०९

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ फाल्गुन ७, ०६: ०९

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ फाल्गुन ७, ०६: ०९

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...