काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन् । हिजो बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतले दलको नेता चुनेको हो ।
दलको नेता चुनिएपछि प्रचण्डले नेकपा एमालेसँगको एकता प्रक्रिया बारे गहन छलफल भइराखेको र कोशिस जारी रहेको बताए । उता संसदीय दलको चुनाव गर्न बाँकी रहेको नेपाली कांग्रेसमा भने अभैm दलको नेता चयन हुन सकेको छैन ।
पार्टी भित्रको कलह र विवादका कारण संसदीय दलको चुनावको समेत टुंगो लाग्न सकेको छैन । पार्टी निकट स्रोतका अनुसार दलको नेता पुनः आपैm बन्ने इच्छा पार्टी सभापति शेरबहादुर देउवाले देखाइराखेका छन् भने पार्टीका केही युवा नेताहरुले नेतृत्व हुनुपर्ने पक्षमा चर्काे आवाज उठाइरहेता पनि देउवा पक्षकै पल्ला भारी भएको स्रोतको दावी छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...