नेपाली कांग्रेसमा संसदीय दलको नेता सहज रुपमा छनौट हुने संभावना न्यून देखिएको छ । संसदीय दलको नेतामा मुख्यरुपमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्व उपभापति एवं महामन्त्री प्रकाशमान सिंहले दावी गरेका छन् ।
यता महामन्त्री डा शशांक कोईरालाले पनि सहमतिमा भए आफु पनि दलको नेताको लागि तयार रहेको बताईसकेका छन् । यद्यपी उनले चुनावी प्रतिस्पर्धामा भने नजाने बताएका छन् । संसदीय दलको नेता बन्न कांग्रेसमा यतिबेला तिव्र लविङ भईरहेको बताइएको छ ।
दलको नेता बन्ने दौडमा रहेका देउवाले अबको ५ वर्ष पछि कांग्रेसलाई सत्तामा पु¥याउने एजेण्डा अघि सारेका छन् भने सिंहले ५ वर्ष सत्ताको आकांक्ष छाडेर संगठन निर्माण गर्ने एजेण्डा अघि बढाएका छन् । दुवै नेताको एजेण्डा सार्वजानि भईसकेपछि कांग्रेसमा नेताहरु विभक्त भएका छन् । ६० देखि ६५ उमेर कटेका अधिकांस नेताहरु देउवाको समर्थन देखिएका छन् ।
पाँच वर्षपछि उमेरले नेटो काट्ने भएकोले तत्काललाई फाईदा लिने उदेश्यले देउवाको एजेण्डातर्फ पाका नेताहरु आकार्षित भएको स्रोतको दाबी छ । आम चुनावपछि नेतृत्व परिवर्तन देखि लिएर राजनीतिलाई सुद्धिकरण गर्न भन्दै लागेका अधिकांश युवा नेताहरु भने नेता सिंहतर्फ नजिकिएका छन् । अबको पाँच वर्षभित्र पनि सुध्रिन नसके युवाहरु कांग्रेस तर्फ आकार्षित नहुने र पार्टी युवाविहिन हुँदै गम्भिर अवस्थमा पुग्ने त्रास युवा नेताहरुमा देखिएको छ । त्यसकारण कांग्रेस सत्ता केन्द्रि भन्दा पनि पार्टी केन्द्रित हुनुपर्नेमा युवा नेताको जोड छ ।
देउवा गुँटमा रहेका प्रदिप गिरीको डिजाईनमा नै सिंहले यो एजेण्डा ल्याएको अनुमान गरिएको छ । यसरी देउवा गुँटमा रहेका प्रदिप गिरीसँगै अन्य युवा नेताहरुले सिंहलाई समर्थन गरे देउवालाई चुनाव जित्न मुस्किल पर्ने देखिएको छ । तर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका डा शशांक कोईरालालाई आगामी महाधिवेशमा सभापतिमा उठाउने आश्वासन दिएको बुझिएको छ । आफ सभापतिमा उठ्दा हार्ने निश्चित भएपछि देउवाले कोईरालालाई सभापति, श्रीमति आरजु राणालाई महामन्त्री वा कोषध्याक्ष दिने तयारी गरेका छन् ।
श्रीमतिलाई कुनै पनि हालतमा पार्टी नेतृत्वमा पु¥याउने देउवाको डिजाईनले विमलेन्द्र निधि, प्रकाशमान सिंह, बालकृष्ण खाँड, गगन थापा लगायतका नेताहरुको राजनीति संकटमा पर्ने संभावना पनि बढेको छ । यही समिकरणलाई मध्यनजर गर्दै पौडेल पक्ष र युवा नेताहरुले प्रकाशमान सिंहलाई सभापति, विमलेन्द्र निधिलाई उपसभापति, गगन थापालाई महामन्त्री बनाउने ग्राण्ड डिजाई भईरहेको चर्चा छ । तर यसमा पनि निधि र सिंहबीच बरियताको विवाद देखिएको छ । विवादकाबीच पनि निधिले देउवाबाट आफुलाई खतरा महसुुस गरे सिंहलाई समर्थन गर्ने कांग्रेसजनको दाबी छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...