कांग्रेसको संसदीय दलको नेतामा कसले मार्ला बाजी ? – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

कांग्रेसको संसदीय दलको नेतामा कसले मार्ला बाजी ?

नेपाली कांग्रेसमा संसदीय दलको नेता सहज रुपमा छनौट हुने संभावना न्यून देखिएको छ । संसदीय दलको नेतामा मुख्यरुपमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्व उपभापति एवं महामन्त्री प्रकाशमान सिंहले दावी गरेका छन् ।

यता महामन्त्री डा शशांक कोईरालाले पनि सहमतिमा भए आफु पनि दलको नेताको लागि तयार रहेको बताईसकेका छन् । यद्यपी उनले चुनावी प्रतिस्पर्धामा भने नजाने बताएका छन् । संसदीय दलको नेता बन्न कांग्रेसमा यतिबेला तिव्र लविङ भईरहेको बताइएको छ ।

दलको नेता बन्ने दौडमा रहेका देउवाले अबको ५ वर्ष पछि कांग्रेसलाई सत्तामा पु¥याउने एजेण्डा अघि सारेका छन् भने सिंहले ५ वर्ष सत्ताको आकांक्ष छाडेर संगठन निर्माण गर्ने एजेण्डा अघि बढाएका छन् । दुवै नेताको एजेण्डा सार्वजानि भईसकेपछि कांग्रेसमा नेताहरु विभक्त भएका छन् । ६० देखि ६५ उमेर कटेका अधिकांस नेताहरु देउवाको समर्थन देखिएका छन् ।

पाँच वर्षपछि उमेरले नेटो काट्ने भएकोले तत्काललाई फाईदा लिने उदेश्यले देउवाको एजेण्डातर्फ पाका नेताहरु आकार्षित भएको स्रोतको दाबी छ । आम चुनावपछि नेतृत्व परिवर्तन देखि लिएर राजनीतिलाई सुद्धिकरण गर्न भन्दै लागेका अधिकांश युवा नेताहरु भने नेता सिंहतर्फ नजिकिएका छन् । अबको पाँच वर्षभित्र पनि सुध्रिन नसके युवाहरु कांग्रेस तर्फ आकार्षित नहुने र पार्टी युवाविहिन हुँदै गम्भिर अवस्थमा पुग्ने त्रास युवा नेताहरुमा देखिएको छ । त्यसकारण कांग्रेस सत्ता केन्द्रि भन्दा पनि पार्टी केन्द्रित हुनुपर्नेमा युवा नेताको जोड छ ।

देउवा गुँटमा रहेका प्रदिप गिरीको डिजाईनमा नै सिंहले यो एजेण्डा ल्याएको अनुमान गरिएको छ । यसरी देउवा गुँटमा रहेका प्रदिप गिरीसँगै अन्य युवा नेताहरुले सिंहलाई समर्थन गरे देउवालाई चुनाव जित्न मुस्किल पर्ने देखिएको छ । तर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका डा शशांक कोईरालालाई आगामी महाधिवेशमा सभापतिमा उठाउने आश्वासन दिएको बुझिएको छ । आफ सभापतिमा उठ्दा हार्ने निश्चित भएपछि देउवाले कोईरालालाई सभापति, श्रीमति आरजु राणालाई महामन्त्री वा कोषध्याक्ष दिने तयारी गरेका छन् ।

श्रीमतिलाई कुनै पनि हालतमा पार्टी नेतृत्वमा पु¥याउने देउवाको डिजाईनले विमलेन्द्र निधि, प्रकाशमान सिंह, बालकृष्ण खाँड, गगन थापा लगायतका नेताहरुको राजनीति संकटमा पर्ने संभावना पनि बढेको छ । यही समिकरणलाई मध्यनजर गर्दै पौडेल पक्ष र युवा नेताहरुले प्रकाशमान सिंहलाई सभापति, विमलेन्द्र निधिलाई उपसभापति, गगन थापालाई महामन्त्री बनाउने ग्राण्ड डिजाई भईरहेको चर्चा छ । तर यसमा पनि निधि र सिंहबीच बरियताको विवाद देखिएको छ । विवादकाबीच पनि निधिले देउवाबाट आफुलाई खतरा महसुुस गरे सिंहलाई समर्थन गर्ने कांग्रेसजनको दाबी छ ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७४ फाल्गुन १४, ०७: ३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७४ फाल्गुन १४, ०७: ३६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७४ फाल्गुन १४, ०७: ३६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...