पूर्वमन्त्री तथा समाजसेवी ओमकारप्रसाद गौचनको निधन – Naya Bikalpa
January 24, 2025, Friday

पूर्वमन्त्री तथा समाजसेवी ओमकारप्रसाद गौचनको निधन


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता पूर्वराज्यमन्त्री तथा पूर्वसांसद एवम् लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ओमकारप्रसाद गौचनको निधन भएको छ ।

८५ वर्षीय गौचनको बुधबार काठमाडौँमा उपचारका क्रममा निधन भएको हो । गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए ।

२०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टी सभापति शेरबहादुर देउवाले जनाएका छन् ।

सभापति देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको भन्दै गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पु¥याएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन् ।

पूर्वमन्त्री गौचनको निधनप्रति दुख व्यक्त गर्दै कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले शालिन एवम् भद्र राजनीतिज्ञ, समाजसेवी र विकासप्रेमीको रुपमा परिचित नेता गौचनको निधनले कांग्रेस तथा सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेस महिला विभाग सदस्य एवम् नेपाली कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सदस्य सावित्री गुरुङको श्रीमान पार्टीका क्रियाशील सदस्य सिद्धिराज गुरुङको कार्तिक २६ गते झापामा उपचारका क्रममा निधन भएको छ । गुरुङको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०७७ कार्तिक २७, १७: २४

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०७७ कार्तिक २७, १७: २४

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०७७ कार्तिक २७, १७: २४

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...