पूर्वमन्त्री तथा समाजसेवी ओमकारप्रसाद गौचनको निधन – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

पूर्वमन्त्री तथा समाजसेवी ओमकारप्रसाद गौचनको निधन


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता पूर्वराज्यमन्त्री तथा पूर्वसांसद एवम् लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ओमकारप्रसाद गौचनको निधन भएको छ ।

८५ वर्षीय गौचनको बुधबार काठमाडौँमा उपचारका क्रममा निधन भएको हो । गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए ।

२०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टी सभापति शेरबहादुर देउवाले जनाएका छन् ।

सभापति देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको भन्दै गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पु¥याएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन् ।

पूर्वमन्त्री गौचनको निधनप्रति दुख व्यक्त गर्दै कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले शालिन एवम् भद्र राजनीतिज्ञ, समाजसेवी र विकासप्रेमीको रुपमा परिचित नेता गौचनको निधनले कांग्रेस तथा सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेस महिला विभाग सदस्य एवम् नेपाली कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सदस्य सावित्री गुरुङको श्रीमान पार्टीका क्रियाशील सदस्य सिद्धिराज गुरुङको कार्तिक २६ गते झापामा उपचारका क्रममा निधन भएको छ । गुरुङको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

सम्बन्धित समाचार

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ कार्तिक २७, १७: २४

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २७, १७: २४

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ कार्तिक २७, १७: २४

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...