कविता
कविः माधव साधक परियार
सबैलाई हमला गर्ने धमलाको बानी
मनको भाषा बुझ्नुहुन्छ ठानेँ आत्मा ज्ञानी
चौध बर्षकै उमेरमा पत्रकार भएर
सगरमाथा चुम्नुभयो आज यतिखेर
कृष्ण प्रसाद भट्टराईको अन्र्तवार्ता लिएर
सुरु गर्नुभएको थियो पहिले त्यतिखेर
अति नै मिलनसार आत्मीय मित्र
ठानिकन सजाएको छु मैले हृदयभित्र
सबैलाई सकेसम्म सेवा गर्ने बानी
भएकैले सफल भयो उहाँको जिन्दगानी
उहाँलाई नै देख्नलाई हेर्थेँ समाचार
सुमार्गी भवनमा भेट भयो प्रत्यक्ष आधार
गुरु पूर्णिमाको त्यहाँ कार्यक्रम थियो
सबैको मन छुने सन्देश धमलाले दियो
जीवन विज्ञान भन्नु नै समाधान दल हो
काँधमा काँध मिलाउनु नै एकताको बल हो
अनुराधा बैनीको स्वर सानै नम्र थियो
सबैको मन छुन सक्ने मैले यही सम्झियो
नवनारी मासिक पत्रिका साह्रै राम्रो लाग्यो
मेरो पनि मनको भाव लेख्न कलम जाग्यो
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...