काठमाडौ । गायक अनिश भण्डारीसँगको सहकार्यमा पप गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत ताली ठोकौँला…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतमा सुगम र अनिश भण्डारीको स्वर रहेको छ ।
आफुहरुले करिब डेढ दशकपछि सांगीतिक सहकार्य गरेको यी दुईको कथन छ । भण्डारीले यस अघि सुमगसँगै मिलेर रंगीन यो साँझ…, गीत ल्याएका थिए । गीतको शब्द सम्भोज मल्ल र सुगमले तयार गरेका हुन् । संगीत पनि यी दुईको संयुक्त हो ।
ताली ठोकौँला…को भिडियोमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय छ । भिडियोलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार भएको हो ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...