गाउँपालिका अध्यक्षले बिबाह गर्ने भए उपाध्यक्षलाई, मुख्यमन्त्री अतिथि – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

गाउँपालिका अध्यक्षले बिबाह गर्ने भए उपाध्यक्षलाई, मुख्यमन्त्री अतिथि


नयाँ बिकल्प,

पोखरा – काश्कीको माछापुछ्रे गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको साडे तीन वर्षपछि कर्णबहादुर गुरुङले बिबाह गर्ने भएका छन् । गाउँपालिकाका अधयक्ष गुरुङले मुस्ताङको घरपजोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङलाई बिबाह गर्ने भएका हुन् ।

भोली मंसिर २६ गते शुक्रबार गुरुङ समुदायको परम्परा अनुसार गाउँपालिकाका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिला विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

माघी विवाह गरेका उनीहरुको वैवाहिक कार्यक्रम भने पोखराको एक गुम्बामा हुने र बैबाहिक कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हुने पारिवारिक श्रोतबाट थाहा भएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेकोले विवाहमा धेरैलाई निमन्त्रणा नगरिएको बताइएको छ । विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै जना तत्कालिन नेकपा एमालेबाट २०७४ साल बैशाखमा भएको स्थनीय तहको निर्वाचनमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ मंसिर २५, १६: ५९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७७ मंसिर २५, १६: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७७ मंसिर २५, १६: ५९

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...