
नयाँ बिकल्प,
पोखरा – काश्कीको माछापुछ्रे गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको साडे तीन वर्षपछि कर्णबहादुर गुरुङले बिबाह गर्ने भएका छन् । गाउँपालिकाका अधयक्ष गुरुङले मुस्ताङको घरपजोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङलाई बिबाह गर्ने भएका हुन् ।
भोली मंसिर २६ गते शुक्रबार गुरुङ समुदायको परम्परा अनुसार गाउँपालिकाका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिला विवाह बन्धनमा बाँधिन लागेका हुन् ।
माघी विवाह गरेका उनीहरुको वैवाहिक कार्यक्रम भने पोखराको एक गुम्बामा हुने र बैबाहिक कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हुने पारिवारिक श्रोतबाट थाहा भएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम रहेकोले विवाहमा धेरैलाई निमन्त्रणा नगरिएको बताइएको छ । विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै जना तत्कालिन नेकपा एमालेबाट २०७४ साल बैशाखमा भएको स्थनीय तहको निर्वाचनमा निर्वाचित भएका हुन् ।
काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...
ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...
काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...