ओलीद्वारा बैशाख १५, २३ र २९ गते मध्यावधि निर्वाचन गर्न सिफारिस – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

ओलीद्वारा बैशाख १५, २३ र २९ गते मध्यावधि निर्वाचन गर्न सिफारिस


काठमाडौं – सरकारले प्रतिनिधिसभा निघटन गरी आगामी २०७८ साल बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा माध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले संसद विघटन र मिति निर्धारण गरी मध्यावधि निर्वाचनका लागि गरेको सिफारिसको निर्णय प्रधानमन्त्री ओलीले दिउँसो राष्ट्रपतिसँग भेट गरी बुझाएका हुन् ।

बालुवाटार स्रोतका अनुसार ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्न संवैधानिक र कानुनी प्रश्न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन् ।

आफू अनुकुल संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गर्न परिषद् बैठक बोलाउँदा परिषद् सदस्यहरुले असहयोग गरेको भन्दै परिषद्को कार्यविधि परिवर्तन गर्न अध्यादेश ल्याएपछि ओलीबिरुद्ध पार्टी भित्र र वाहिर चर्काे आलोचना हुँदै आएको छ ।

अध्यादेशको विषयमा छलफल गर्न भन्दै सत्तारुढ नेकपाका ८३ सांसदले हस्ताक्षर गरी विशेष अधिवेशनको आव्हान गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको थिए । तर, उनले अध्यादेश फिर्ता नलिइ संसद नै विघटन गरेका हुन् ।

प्रधानमन्त्रीको यस्तो कदमको सबैजसो राजनीतिक दल र संघ संगठनले कडा आपत्ति प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ५, १३: ४२

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ५, १३: ४२

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...

देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • २०७७ पुष ५, १३: ४२

काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...