संबैधानिक परिषद्को निर्णय असंबैधानिक कदम – सिंह – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

संबैधानिक परिषद्को निर्णय असंबैधानिक कदम – सिंह


नयाँ बिकल्प,
काठमाडौं – संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेको गरेको नियुक्ति असंवैधानिक रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

प्रधानमन्त्रीमा अन्तरनिहित अहम् र संविधान नै मै हूँ भन्ने दम्भ उक्त निर्णयले उजागर गरेको भनदै नेता सिंहले संवैधानिक परिषदको अध्यक्ष समेत रहेका ओलीले कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको दाबी गरेका छन् ।

‘परिषद्को सिफारिसमा परेकालाई गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो’सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’

मुलुकको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको भन्दै सिंहले सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित बताए ।

‘सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको छ’, सिंहले भने, ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत छन् ।’

सम्बन्धित समाचार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७७ माघ २३, १३: ४१

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७७ माघ २३, १३: ४१

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७७ माघ २३, १३: ४१

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...