
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक हो भन्ने विषयमा पार्टी भित्र फरक मत नरहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित ‘बर्तमान राजनीतिक चुनौति र अवसर ः नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस निर्वाचनमा जान नसक्ने बताएका हुन् ।
‘ओली नेतृत्वको सरकारले गरेको कदमप्रति पार्टीका सबै नेताको असहमति र गम्भीर आपत्ति छ । यसमा कुनै बिबाद छैन,’ ड रिाजालले भने, ‘मैले पार्टी सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि कुरा गर्दा अब पार्टी निकै बलियो हुनेवाला छ ।’
अन्तरक्रियामा नेता रामहरि खतिवडाले कांग्रेस भित्रको आन्तरिक बिबादकै कारण कांग्रेस कमजोर भएको जनाउँदै एक नेताले अर्को नेतालाई खुुइल्याउने, नेताले पत्याएकालाई मतदाताले नपत्याउने र मतदालताले पत्याएकोलाई नेताले नपत्याउने समस्या रहेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुुरीले कांग्रेसले संस्थागत निर्णयबाट अघि बढ्दै स्थानीय तहको वडा तहसम्म प्रशिक्षण गर्न र पेशागत बुद्धिजीविसँग सुुझाव लिनु पर्ने आवश्यकता भएको बताए ।
महासंघका अर्का अध्यक्ष धमेन्द्र झाले कांग्रेसले नयाँ बिचार, दृष्टिकोण र कार्यक्रम दिन नसकेमा आगामी दिनमा झन कमजोर हुुने चेतावनी दिए । पूर्वसांसद रंगमति शाहीले केपी ओली नेतृत्वको कृयाकलाप हेर्दा मतदाताले चुनावमार्फत तत्काल सरकार परिवर्तन गर्न चाहेका छन्, तर सरकारको क्रियाकलाप चुनाव गराउने तर्फ नरहेको बताईन् ।
ललितपुर कांग्रेसका नेता जितेन्द्र श्रेष्ठले पार्टीको उम्मेदवार छनोट गर्दा पार्टीको वडा तहबाटै सिफारिस मागिने तर टिकट भने नेताको नजिककाले मात्र पाउने भएकाले कांग्रेस कमजोर भएको बताए ।
नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले पार्टीले गठन गरेको नेविसंघ लगायतका भ्रातृ संस्थाको महाधिवेशन पनि नहुने र पूर्णता पनि नपाउने समस्याले संगठनले भने जस्तै काम गर्न नसकेको गुनासो गरे ।
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...