सर्वोच्च अदालतको फैसलाले जनताको जीत भयोः कांग्रेस – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
कांग्रेसका कुन नेताले के भने ?

सर्वोच्च अदालतको फैसलाले जनताको जीत भयोः कांग्रेस



काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भनी सर्वोच्च अदालतले ठहर गरेकोमा अदालतको सो फैसालाई नेपाली कांग्रेसले स्वागत गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसलाको प्रशंसा गर्दै फैसलाको स्वागत गरेका गरेका छन् । उनले आफूले सुरुदेखिनै संसद विघटनमा सर्वोच्च अदालतलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको बताएका छन् ।

सभापति देउवाले सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेर संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो अदालत नै हो भनेर प्रमाणित भएको बताएका छन् ।

अदालतको संक्षिप्त आदेश आएलगत्तै सभापति देउवाले संसद विघटन गर्ने सरकारको सिफासिर बदर गरेर अदालतले संवैधानिक दायित्व पुरा गरेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद दिएका छन् ।


यस्तै, कांग्रेसका नेता रामचन्द्र पौडेलले फैसलापछि ट्वीट गर्दै लेखेका छन् –‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सवोच्च अदालतको फैसलाले जनताको जित भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोेच्चले बदर गरिदिएपछि प्रवक्ता शर्माले प्रधानमन्त्रीको अधिनायकबादी आकांक्षालाई समेत बदर गरेको बताए ।

शर्माले फैसला सुनाउने न्यायाधीशहरुलाई लाख लाख सलाम भनेका छन् । शर्माले संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो, फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ,’ प्रवक्ता शर्माले ट्विटमा भनेका छन् ।

कांग्रेसका यूवा नेता प्रदिप पौडेलले अधिनायकवाद लाद्न खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्छ भन्दै आज अदातलको ऐतिहासिक निर्णयले फेरि एक पटक न्याय र सत्यको जित भएको दावी गरेका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै ‘ओलिको प्रतिगामी कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य छ । अधिनायकवाद लाद्न खोज्ने जो कोही पनि लोकतन्त्र र विधिको शासन अगाडी घुँडा टेक्छ । इतिहास साक्षी छ, जीत सधैं सत्य र न्यायकै हुन्छ’ भनेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ फाल्गुन ११, २०: ४४

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन ११, २०: ४४

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन ११, २०: ४४

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...