नेकपा संसदीय दलकाे नेता परिवर्तन भएकाे छैनः संसद सचिवालय – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

नेकपा संसदीय दलकाे नेता परिवर्तन भएकाे छैनः संसद सचिवालय


नयाँ विकल्प
काठमाडाैं- संघीय संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रकाे विवाद बारे हालसम्म कुनै निर्णयमा नपुगेकाे जनाएकाे छ ।

अनाैपचारिक रूपमा फुटेकाे सत्तारूढ दल काे विवाद चुलिदै जाँदा एक पक्षले अर्काेलाइ कारवाही गर्दै निस्कासन गरेका थिए । कारवाही र निस्कासन गर्ने दुइपक्षकाे हाेडबाजी नै चलिरहँदा कारवाहिकाे लागि संसद सचिवालयमा समेत दुवैपक्षका फरक फरक पत्र पेश गरिएकाे थियाे ।

नेकपा ओली पक्ष र प्रचण्ड – माधव पक्षले एक अर्कालाइ कारवाही गरेकाे पत्र सचिवायलमा पेश गरेपनि यस बारेमा कुनै निर्णय नभएकाे सचिवालयले स्पष्ट पारेकाे हाे ।

गत शुक्रबार नेकपा प्रचण्ड–माधव समुहकाे संसदीय दलकाे बैठकले दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई निश्कासन गरेको पत्र संसद सचिवालयमा पेश गरेकाे थियाे । याे निर्णयलाइ संसद सचिवालयले हालसम्म कुनै निर्णय गरेकाे जनाएकाे छ ।

आइतबार संचारकर्मीसंग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता डा. राेजनाथ पाण्डेले राजनीतिक दलमा देखिने विवाद र विभाजनकाे  आधिकारीकता निर्वाचन  आयाेगकाे रहेकाे र यस विषयमा  आयाेगबाट कुनै पत्र न आएकाले पुरानै अवस्थामा  आइतबारकाे संसद बैठक सुचारू हुने बताए ।


उनले नेकपा विवादलाइ अन्तरिम अवस्था रहेकाले मुल्याङकन गर्दै नेकपा दुवै समुहका संसदिय दलका प्रमुख सचेतक सेवा सुविधा भने कायम राखिएकाे बताए ।

नेकपा संसदिय दलका प्रमुख सचेतक देव गुरूङलाइ ओलीपक्षले हटाएर विशाल भट्टराइलाइ सचेतक बनाएका थियाे ।

यसलाइ संसद सचिवालयले संक्रमण कालिन अबस्था भनेकाे छ । आइतबार दिउँसाे ४ बजे बस्ने संसद बैठकमा सत्तारूढ नेकपाकालागि ४ बटा लाइन छुट्याइएकाे सचिवालयले जनाएकाे छ । नेकपा दुवै समुहकाेलागि सत्तारूढ बस्ने राे छुट्याइएकाे छ । ‘उहाँहरू आफु अनुकल भएर बस्नुहुनेछ‘ पाण्डेले भने ।

सम्बन्धित समाचार

जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन
जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन
  • २०७७ फाल्गुन २३, १३: २०

काठमाडौँ । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा निष्कर्षविहीन...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
  • २०७७ फाल्गुन २३, १३: २०

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ फाल्गुन २३, १३: २०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...