
नयाँ विकल्प
काठमाडाैं-निर्वाचन आयोगले नेकपा खारेजीसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिको अवस्थामा रहेको जानकारी संघीय संसद सचिवालयलाई दिने भएको छ।
निर्वाचन आयोगले यसअघि गोपाल किराँतीको नाममा रहेको नेकपा माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिन्ह तथा सन्ध्या तिवारीको नाममा रहेको नेकपा एमालेलाई नयाँ नाम प्रस्ताव गर्न सुझाएको छ।
आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेर्न भनेको छ।
आयोगले मंगलबार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ।
आयोगको बैठकले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा रहेको जानकारी केन्द्रमा संघीय संसद सचिवालयसँगै प्रदेश सभा सचिवालयहरूमा पनि पठाउने निर्णय गरेको हो।
आयोगको पत्रसँगै अब संसद सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्नेछ। उनीहरूको बस्ने ठाउँ फरक हुनेछ।
आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ। उक्त पार्टीले पहाडबाट उदाउँदै गरेको सूर्य चिन्ह लिएको थियो।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ती पार्टी ब्युँतिएपछि उक्त नाममा आयोगमा यसअघि दर्ता भएका किराँती र तिवारी नेतृत्वको पार्टीको नाम सुधार गर्न आयोगले भनेको हो।
निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि नेकपा खारेजीसँगै दल साविकको अवस्थामा कायम रहेको जानकारी दिने भएको छ।
आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ। साविकमा राजनीतिक दलका रूपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग राजनीतिक दलका रूपमा सविककै अवस्था २०७५ जेठ २३ भन्दा अघि रहेको सूचना प्रकाशित गर्ने आयाेगले जनाएकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...