महाशिवरात्री पर्वः यस्तो छ पशुपति क्षेत्रकाे शुरक्षा व्यवस्थापन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

महाशिवरात्री पर्वः यस्तो छ पशुपति क्षेत्रकाे शुरक्षा व्यवस्थापन


नयाँ विकल्प
काठमाडाैं- महाशिवरात्री पर्वमा पशुपतिनाथकाे दर्शन गर्न आउने भक्तजनकाे शुरक्षा ब्यावस्थापन चुस्त पारिएकाे छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ।

यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ। धेरै टाढाटाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी र अन्य प्रकारका सवारी साधनलाई निर्वाध आवतजावतको व्यवस्थासमेत मिलाइएको छ ।,

नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखाले जनाएकाे छ ।

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले बताए। मालबाहक सवारी साधन तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामङ्गल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनलाई वनकाली खुला चौर, सिफलचौर, गुहेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन र सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।

चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २७, ०८: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २७, ०८: १५

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २७, ०८: १५

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...