
नयाँ विकल्प,
काठमाडाैं- नेकपा एमालेकाे धुम्वाराहिमा रहेकाे पार्टी कार्यालय थापाथली स्थित एक निजि घरमा सर्ने भएकाे छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित भवनको अवलोकन गरेसंगै उक्त सर्ने निर्णय भएकाे हाे वुधबार दिउँसाे ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने/नहुनेबारे अवलोकन गरेका थिए ।
भवनकाे अवलोकनपछि उनले व्यवस्थापन सबै ठिक भएको बताएका छन् । प्रधानमन्त्रीले ओली केहीबेर साेहि भवनमा बसेका थिए । ओलीले भवन ठिक रहेकाे जनाएपछि अव उक्त घर भाडामा लिनेवारे संझाैता हुने बताइएकाे छ ।
उक्त पार्टी कार्यालयकाे भवन सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगड निकट सञ्जय अग्रवालको आफ्नै घर हाे । उक्त घर पाँच वर्षको लागि सम्झौता भएको हुने भएपनि भाडाबारे खुलाइएकाे छैन । साे घर साढे २ तलाको १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...