म्यानमारमा सैन्य ‘कू’ विरूद्धकाे आन्दाेलनः मृत्यु हुनेको संख्या तीन सय नाघ्यो – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

म्यानमारमा सैन्य ‘कू’ विरूद्धकाे आन्दाेलनः मृत्यु हुनेको संख्या तीन सय नाघ्यो


एजेन्सी,


काठमाडाैं- म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो ।

बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै प्रदर्शनकारी मारिएका थिए । दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा पनि १६ वर्षीय एक किशोरको प्रहरीको गोली लागी मृत्यु भएको थियो । एएपीपीका अनुसार यो आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्छ । ‘मानवताविरुद्धको अपराध दैनिकजसो भइरहेको छ’, एएपीपीले बताएको छ ।

म्यानमारको सेनाको शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेको भन्दै पश्चिमा मुलुकले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाएका छन् । सेनाले भने आन्दोलनमा अनावश्यक बल प्रयोग नगरेको दाबी गर्दै आएको छ । सेनाले अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्दै आन्दोलन नियन्त्रणको प्रयास गर्दै आएको दाबी गरेको छ ।

मंगलबार सेनाका प्रवक्ताले आन्दोलनमा १६४ प्रदर्शनकारी र नौ सुरक्षाकर्मीको मृत्यु भएको बताएका थिए । एएपीपीको तथ्यांकअनुसार म्यानमारमा ज्यान गुमाउनेमध्ये २५ जनालाई टाउकोमा गोली हानिएको थियो । त्यस्तै मारिनेमा ९० प्रतिशत पुरुष छन् भने एक तिहाइ मानिसहरु २४ वर्षभन्दा मुनिका छन् । सेभ द चिल्ड्रेनका अनुसार यो आन्दोलनमा कम्तीमा २० बालबालिका मारिएका छन् ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७७ चैत्र १३, १३: २२

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७७ चैत्र १३, १३: २२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७७ चैत्र १३, १३: २२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...