“सम्बृद्धि र सुुशासनः आम सञ्चारको अभियान”लाई सफल पारौं – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

“सम्बृद्धि र सुुशासनः आम सञ्चारको अभियान”लाई सफल पारौं

आज बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस हो । तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले सञ्चारसँग सम्बन्धित क्षेत्रलाई राष्ट्रिय पत्रकारिता दिवसको विषयमा केन्द्रीत रहन आव्हान समेत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसलाई हामी सञ्चार क्षेत्रमा रहेका सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउनु कर्तव्य पनि हो । आमसञ्चार, पत्रकारिता र पत्रकारसँग सम्बन्धित संस्थाहरुले यस दिवसलाई आ–आफ्नो ढङ्गबाट मनाइरहँदा सञ्चार क्षेत्रमा रहेका विद्यमान समस्या र समाधानको खोजी गर्न सक्नुपर्छ । नेपालमा संघीय लोकतान्त्रिक, गणतन्त्र स्थापनासँगै नेपालको नयाँ संविधानले निर्दिष्ट गरेको अधिकारले प्रेस स्वतन्त्रतालाई निर्विकल्प रुपमा परिकल्पना गरेको छ ।

नेपालको सञ्चार क्षेत्रमा जसरी विकासको क्रम बढ्दै छ, त्यसरी नै चुनौति र अवसरहरु पनि थपिदै गएका छन् । तर चुनौतिलाई सामना गर्ने र अवसरलाई सदुपयोग गर्ने विभिन्न उपायको खोजी भने हामीले गर्न सकिरहेका छैनौ । संसारभरीनै विद्युतीय सञ्चार माध्यमको प्रयोग बढीरहेको अवस्थामा नेपालमा पनि अहिले छापामाध्यम सँगसँगै विद्युतीय सञ्चार माध्यमको प्रयोग बढ्दै गइरहेको छ । विद्युतीय सञ्चारमाध्यम अनगिन्ति रुपमा प्रयोग भइरहेको अवस्थामा विश्वासिलो र भरपर्दो समाचारहरु पस्कन भने सकिरहेको छैनौं । यसलाई व्यवस्थित बनाउन पत्रकारसँग सम्बन्धित संघसंथा र सरकारसमेत लागि पर्नु पर्दछ ।

यस्ता नियमहरु ल्याउँदा प्रेस स्वतन्त्रताको ग्यारेन्टी, मानव अधिकारको रक्षा, निष्पक्ष न्यायालय तथा जनताको सुसुचित हुने अधिकारलाई कहि कतैबाट पनि निषेधको अवस्था आउन दिनु हुँदैन । यस वर्ष अर्थात तेस्रो राष्ट्रिय पत्रकार दिवसको उपलक्ष्यमा नेपाल सरकार, सञ्चारमन्त्रालय, पत्रकारितासँग सम्बन्धित संघसंस्था समेतले “सम्बृद्धि र सुशासन ः आम सञ्चारको अभियान” नारा तय गरेका छन् । नारा मात्रै तय गरेर हुँदैन । सम्बृद्धि कसरी आउँछ ? सुशासन कसरी सञ्चालन गर्न सकिन्छ । सबैको चासो त्यसैमा रहनुपर्दछ । मुलुक संघीय लोकतान्त्रिक, गणतन्त्र स्थापनापछि आम निर्वाचन समेत सम्पन्न भएको छ ।

आम सञ्चारमाध्यमको उल्लेखनीय भूमिका रहेका कारण सबैखाले राजनीतिक गतिरोध अन्त्य हुँदै गएको छ । अब मुलुकमा आर्थिक सम्बृद्धि र सुशासनको बाटोतिर लम्कन कम्मर कसेर लाग्नु पर्दछ । मुलुकको आर्थिक उन्नतीलाई तीव्र गतिमा अगाडी बढाउन निजी क्षेत्रका सञ्चारमाध्यम र सरकारको अह्म भूमिका रहन्छ । त्यसैले “सम्बृद्धि र सुशासनः आम सञ्चारको अभियान” अगाडी बढाउन आवश्यक थियो । यस कारणले यस वर्षको नारा तय भएको हुनुपर्दछ । वर्तमान अवस्थामा बलियो बहुमतको सरकार बनिसकेको छ ।

स्थानीयदेखि प्रदेश हुँदै संघीय प्रदेशको निर्माण भइरहेको अवस्थामा सबै तह र तप्काले आ–आफ्नो क्षेत्रको कार्य सम्पादन अगाडी बढाउनु पर्दछ । सबैले आ–आप्mनो कर्तव्य ठानेर सम्बन्धित क्षेत्रबाट इमान्दारीतापूर्वक कार्य सम्पादन अगाडी बढाए मात्रै सुशासन कायम गर्न सकिन्छ । सम्बृद्धिलाई साकार पार्न हाम्रो सञ्चार क्षेत्र कति सजक छ, कति जिम्मेवार छ, कति पारदर्शी छ यिनै कुरामा भरपर्ने कुरा हुन् । मुलुकको आर्थिक उन्नतीमा सबैको ध्यान केन्द्रीत हुन जरुरी छ । त्यसमा सबैभन्दा बढी भूमिका हामी सञ्चार जगतकै भएको हुँदा बढी चनाखो हुनुपर्दछ ।

सम्बृद्धि र सुशासन एक अर्काका परिपूरक हुन् । सुशासन कायम गर्न अनुशासित प्रशासन र अनुशासित सञ्चार जगतको भूमिका अपरिहार्य छ । त्यसैले सम्बृद्धिलाई अगाडी बढाउन पनि आर्थिक पारदर्शीताको त्यतिकै भूमिका रहन्छ । त्यसैले सरकारले देखाउने आर्थिक पारदर्शीता महत्वपूर्ण हुन्छ । आर्थिक पारदर्शीता र निष्पक्ष प्रशासन यन्त्रले मुलुकको मुहार फेर्न सघाउ पु¥याउँछ । त्यसैले वर्तमान अवस्थामा सरकारले र पत्रकारितासँग सम्बन्धित संघसंस्थाले ल्याएको यस वर्षको राष्ट्रिय नारालाई साकार पार्न सबै क्षेत्रको उतिकै सहयोगको आवश्यता छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ बैशाख २४, ०८: ४९

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ बैशाख २४, ०८: ४९

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ बैशाख २४, ०८: ४९

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...