१५ वर्ष बागडोर सम्हाल्ने नेपाल र १२ वर्ष नेतृत्व लिने खनाल अन्तत एमालेबाटै निकालिए – Naya Bikalpa
November 23, 2026, Monday      Epaper
एमालेमा कारबाहीको डण्डाः पार्टी संस्थापक खनालसहित ११ निष्कासित, १२ लाई २४ घण्टे स्पष्टिकरण

१५ वर्ष बागडोर सम्हाल्ने नेपाल र १२ वर्ष नेतृत्व लिने खनाल अन्तत एमालेबाटै निकालिए


नयाँ बिकल्प,
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो बामपन्थी दल नेकपा एमालेका संस्थापक नेता झलनाथ खनाल, पार्टीका पूर्वमहासचिव माधवकुमार नेपालसहित १२ केन्द्रीय सदस्य तथा सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्य नरहने गरी निष्काशन गरेका छन् ।

५० बर्षे लामो बिरासत बोकेको एमालेलाई संस्थापक नेता झलनाथ खनालले पञ्चायती कालरात्रीमा महासचिव भएर र २०६५ सालमा अध्यक्ष भएर १२ वर्ष नेतृत्व गरेका थिए । एमाले अघिको तत्कालिन नेकपा माले गठन गर्दा खनाल संस्थपक हुन् ।

२०५० सालदेखि लगातार १५ वर्षसम्म पार्टी महासचिव भएका बरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष केपी शर्मा ओलीको कारबाहीको डण्डाबाट अछुतो रहेनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टीका भेटरान नेतामाथि कारबाहीको डण्डा बर्षाएको हो ।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर पार्टीको अनुशासन उल्लंघन गरेकाले नेपालसहित ११ जना नेतालाई पार्टीको साधरण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञावलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको साधारण सदस्यबाट निष्कासनमा पर्ने सबै प्रतिनिधिसभाका सदस्य हुन् । निष्कासनमा पर्नेहरुमा नेपाल र खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खातुन रहेका छन्।

शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गरी विपक्षी दलका नेता देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ नदिने सोमबार जनाएका थिए ।

पाण्डे र भूषालसहित १२ नेतालाई २४ घण्टे स्पष्टीकरण

एमाले स्थायी कमिटी बैठकले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालसहित १२ जना नेताहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

पाण्डे र भुसालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको छ ।

पाण्डेसहित प्रतिनिधिसभाका ति १२ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्नुका साथै सोमबार सर्वोच्चमा परेको संसद विघटनविरुद्धको रिट निवदेनमा हस्ताक्षर गरेका थिए ।

गत बैशाख २९ गते ओली नेतृत्वको सरकारले विश्वासको मत लिने प्रस्तावमा प्रतिनिधिसभामा मतदान हुँदा यि २३ सांसद अनुपस्थिति थिए । यी वाहेक विश्वासको मत दिन नआएका योगेश भट्टराई, जयकुमार राई, पबित्रा निरौला खरेललाई भने स्पष्टिकरण सोधिएको छैन् । यी सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा भने हस्ताक्षर गरेका छैनन् ।

सम्बन्धित समाचार

जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन
जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन
  • २०७८ जेष्ठ १०, २२: ४६

काठमाडौँ । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा निष्कर्षविहीन...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
  • २०७८ जेष्ठ १०, २२: ४६

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ जेष्ठ १०, २२: ४६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...