दुई कम्युनिष्टहरु मिलेर बनेको सरकारमा सामेल मन्त्रीहरुले गत सात आ–आप्mनो सम्पत्ति विवरण सार्वजनिक गरे । पदमा पुगेपछि आप्mनो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम अनुसार कम्युनिष्ट सरकारका कम्युनिष्ट मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीसहित १८ मन्त्रीहरु र ४ राज्य मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । तर सार्वजनिक गरिएका विवरण हेर्दा कम्युनिष्ट नेताका होइन पूँजीवादी नेताहरुको सम्पत्ति विवरण जस्तो देखियो ।
आपूmहरु सर्वहारा वर्गको नेता भन्नेहरुको करोडौंको सम्पत्ति देख्दा नेपालमा साँच्चै ‘कम्युनिज्म’ मान्ने कम्युनिष्ट नेताहरु पनि छन् त भन्ने शंका पैदा भएको छ । किनभने कम्युनिज्मले न व्यक्तिगत सम्पत्तिको पक्षमा बोल्छ न आर्थिक लाभको बारेमा । तर हिजो पूँजीवादी र बुर्जुवा वर्गहरुको विरोध गरेर हिँड्नेहरुले आज आपूm सर्वहारा वर्गको नेता हुँ भन्ने कुरा विर्सिएको उनीहरुले सार्वजनिक गरेका सम्पत्ति विवरणले देखाउँछ । अझ आपूm चोखो हुनलाई ऋण लिएको भन्दै सुनपानी छर्केको देख्दा उनीहरुको हर्कत झनै हाँस्यास्पद बनेको छ ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणको आधारमा सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र अर्थमन्त्री डा. युवराज खतिवडा छन् । करोडौंको बैंक ब्यालेन्स, घर जग्गा र सुन व्यक्तिगत सम्पत्तिको रुपमा सार्वजनिक गरेका यी नेताहरुलाई सर्वहारा वर्गका कम्युनिष्ट नेता कसरी भन्न मिल्ला ? जनता समक्ष आपूmलाई सोही वर्गको भन्ने तर सम्पत्ति थुपार्ने बेलामा न त जनतालाई सम्झने न त देशलाई । भूmठको खेती गर्दै, कम्युनिज्मको परिभाषा नै बदलेर जनतालाई भ्रममा राख्ने नेपालका कम्युनिष्ट नेताहरुलाई कम्युनिष्ट भन्ने आधार नै नरहने अवस्था नआउला भन्न मिल्दैन ।
मन्त्रीहरुले सार्वजनिक गरेका सम्पत्ति विवरणमा खोजि गर्नुपर्ने अर्काे महत्वपूर्ण विषय भनेको स्रोत हो । अधिकांशले सम्पत्तिको स्र्रोत खुलाएका छैनन् । खुलाएकाहरुले पनि चित्त बुभ्mने खालको स्रोत उल्लेख गरेका छैनन् । स्रोतको रुपमा कसैले पैतृक सम्पत्ति त कसैले श्रीमतीको पेवा भनेका छन् । आप्mनो राजनैतिक इतिहासको बारेमा प्रश्न गर्दा तिनै नेताहरु कठिन र गरिबीमा गुज्रिरहेको बाल्य अवस्थाबाट सुरु गर्छन् । संघर्षमा बितेका युवा अवस्थबाट बयान गर्ने नेताका पैतृक सम्पत्तिको नाममा सयौं रोपनी जग्गा, घर–खेत अचम्मको विषय बनेको छ ।
उता कानूनले नै दाइजो प्रथालाई गैरकानुनी भनेको अवस्थामा श्रीमतीको पेवा र ससुरालीको सहयोगमा बनेका घर भनेर सम्पत्ति सार्वजनिक गर्नु कत्तिको जायज छ ? त्यस्तै, सम्पत्ति भन्दा पनि ऋण बढी देखाएर केही मन्त्रीहरुले आप्mनो चलाखीपन पनि दर्शाएका छन् ।
पदमा हुँदा सार्वजनिक गर्नुपरे पनि छोड्ने बेला सम्पत्ति विवरण देखाउने नियम नहुँदा सम्पत्ति विवरण सार्वजनिकीकरण पनि खाली औपचारिकतामा मात्र सीमित हुन पुगेको छ । यसले गर्दा पारदर्शीता पनि नभएको प्रष्ट छ । आप्mनो नाममा कहिँकतै घर जग्गा, नगद नभएको बताउने अर्काथरीका मन्त्रीहरु पनि देखिए । आपूmलाई कम्युनिष्ट नेता सावित गर्न गरेका केही त्यस्ता प्रयासहरु पनि अपत्यारिलो नै देखिएको छ ।
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...
१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...