युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ


नयाँ विकल्प,

काठमाडौं – पोखराबाट युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको हो ।

होटलमा राम्रो काममा लगाइ दिने आश्वासनमा युवतीलाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा राम बजारमा होटल ब्यवसाय गर्दै आएका दुई महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डीएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पोखरा– १० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् ।

दुवै महिलाले शुरुमा युवतीसँग राम्रै व्यवहार गरेपनि पछि होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक धम्की दिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेको खुलेको प्रवक्ता हमालले बताए ।

जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा पक्राउ गरेका उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २३, २२: ३८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २३, २२: ३८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २३, २२: ३८

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...