
नयाँ विकल्प,
काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक ‘डीआईजीपी’ सहकुल थापालाई अतिरिक्त महानिरीक्षक ‘एआईजी’ मा बढुवा गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक ‘एआईजी’ को दरबन्दी थपेको थियो।
प्रधानमन्त्री केपी ओलीको दबाबमा एआईजीको दरबन्दी थपिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछिको प्रहरी नेतृत्वमा सहकुललाई ल्याउन चोर बाटोबाट एआईजीको दरबन्दी थपिएको स्रोतको दाबी छ।
एआईजीमा बढुवा भएका थापा अब विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा आएका छन् । मन्त्रिपरिषदको बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...