ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने


नयाँ विकल्प,


एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने भएका छन्। ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्धा दर्ता गर्ने घोषणा गरेका समाचार एजेन्सी एएफपीले जनाएको हो ।

उनले गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै मुद्धा दर्ता गर्न लागेको बीबीसीले जनाएको छ । यो वर्षको सुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्विटरले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

वासिङ्टनमा रहेको क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।

सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७८ असार २४, २१: ५७

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७८ असार २४, २१: ५७

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७८ असार २४, २१: ५७

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...