भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियमले दियो मान्यता – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियमले दियो मान्यता

नयाँ विकल्प,

नयाँ दिल्ली – बेल्जियमले भारतको सेरम इन्स्टिच्यूट ‘एसआईआई’ द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोरोनाभाइरस (कोभिड–१९) विरूद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार जानकारी गराएको छ ।

अस्ट्रोजेनेकाले बिकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ । बेल्जियमको यो निर्णय खोपको प्रभाबकारितामाथि प्रश्न उठाइरहेका कतिपय एशियाली मुलुकका लागि पनि खोप चयनको महत्वपूर्ण आधार बनेको छ ।

भारतस्थित बेल्जियमको राजदूताबासले सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, ‘निर्णय खोप असमान वितरणका कारण कोभिड–१९विरूद्धको अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको लागि महत्वपूर्ण हुनेछ ।’

यस हप्ताको सुरूमा नेदरल्याण्ड्सले यात्रीहरूको लागि कोभिशिल्ड खोपलाई अनुमोदन गरेको थियो । यसैबीच स्विट्जरल्याण्ड, आइसल्याण्ड र सात ईयू देशहरूले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए ।

कोभिशिल्ड र कोभ्याक्सिन लिने व्यक्तिलाई छुट दिन बिचार गर्न भारतले ईयूका सदस्य राष्ट्रहररुलाई अनुरोध गरेको छ । ईयू डिजिटल कोभिड सर्टिफिकेटको मान्यताका लागि यसले पारस्परिक नीति स्थापना गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २५, २०: ५६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार २५, २०: ५६

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २५, २०: ५६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...