
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने बताएका छन् ।
तर, सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकले तयार पारेको मस्यौदामा नेता नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको एक नेताले बताए।
आइतबार बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए ।
तर, कार्यदलले नेपालको असहमतिकाबिच मस्यौदालाई नसच्याइ उनलाई बाइपास गरेर सहमति गर्न लागेको ति नेताले बताए ।
बैठकमा नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिएको बताएका छन् । नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘केपी ओलीका स्वेच्छाचारी क्रियाकालपविरुद्ध लागेका कार्यकर्ताको सुरक्षा हुनुपर्छ । लिपिपोति भाषाले हुन्न, १२ र १५ बुँदामा एकरएक गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ, त्यसका लागि आजै हतार गर्नुपर्ने छैन ।’
छलफलमा सहभागी केन्द्रीय सदस्य तथा सांसदहरुले सर्वोच्च अदालतको फैसलाअघि कुनै पनि सम्झौता नगर्न नेपाललाई दबाब दिएका छन् ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन...
नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...
काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...