नियुक्तिको भाषा विवादबारे देउवा छलफलमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नियुक्तिको भाषा विवादबारे देउवा छलफलमा

नयाँ विकल्प,

कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेर शपथ विवादबारे छलफल गरिरहेका छन् ।


राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा ७६ (५) अनुसार नियुक्त गरेको भन्ने नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् ।

उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । आफू कांग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।

यता संविधानै उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न नहुने कानुनविद्हरुले बताएका छन् ।  राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्न नहुने अधिवक्ता टीकाराम भट्टराईको भनाइ छ ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले अडान लिएका छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ असार २९, १९: ४६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २९, १९: ४६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार २९, १९: ४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...