
नयाँ विकल्प,
कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेर शपथ विवादबारे छलफल गरिरहेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा ७६ (५) अनुसार नियुक्त गरेको भन्ने नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् ।
उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । आफू कांग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।
यता संविधानै उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न नहुने कानुनविद्हरुले बताएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्न नहुने अधिवक्ता टीकाराम भट्टराईको भनाइ छ ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले अडान लिएका छन् ।

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...