सिंगापुरको कुशल कुटनीतिबाट नेपालले सिक्नुपर्ने पाठ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सिंगापुरको कुशल कुटनीतिबाट नेपालले सिक्नुपर्ने पाठ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोन उनबीच गत साता भएको भेटवार्ताले विश्वमा एउटा इतिहास रच्यो । यसभन्दा अघि दुई देशबीच कहिले पनि वार्ता भएको थिएन । त्यो ऐतिहासिक सम्मेलनलाई लिएर निकै टिकाटिप्पणी भए भने सम्मेलनको केही दिन अघिसम्म पनि सम्मेलन हुन्छ कि हुँदैन भन्नेमा आशंका थियो । यद्यपी ती शंका उपशंकाहरुको बीच पनि वार्ता भयो र सफल पनि मानियो ।
अमेरिका र उत्तर कोरियाबीचको वार्ता सफल बनाउन आयोजक देश सिंगारपुरले निकै महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

उक्त ऐतिहासिक वार्ताको लागि सिंगापुरले अनुरोध नगरेर आफुहरुलाई आयोजना गरिदिन आग्रह गरिएको सिंगापुरले जनाएको छ । तर अमेरिका र उत्तर कोरिया जस्ता शक्तिशाली देशहरुले आफुहरुबीचको ऐतिहासिक भेटको लागि आखिर किन सिंगापुर नै राजे त ? कारण हो सिंगापुरले दुवै देशसँग राखेको सन्तुलित कुटनैतिक सम्बन्ध । सिंगापुरको अमेरिकासँग घनिष्ट व्यापारिक सम्बन्ध छ भने सिंगापुर थोरै मध्य एक त्यस्तो देश हो जहाँ उत्तर कोरियाको दुतावास छ ।अर्को कारण भनेको सिंगापुरको विकास र आर्थिक सम्पन्नता हो ।

सिंगापुरले सो सम्मेलनको लागि करिब १५ मिलियन डलर खर्च ग¥यो भने विश्वभरीबाट ऐतिहासिक सम्मेलनको खबर सम्प्रेषण गर्न सिंगापुर पुगेका झण्डै तीन हजार पत्रकारहरुको व्यवस्थापन, दुई नेताका सुरक्षा व्यवस्था, खानपान लगायतका व्यवस्थापन उचित ढंगले ग¥यो । सिंगारपुरको कडा कानूनी व्यवस्था पनि अर्को कारण हो, सिंगापुर रोजिनु । यसरी विश्वका दुई ठूला शक्तिशाली देशहरुबीचको ऐतिहासिक वार्ता सफल पार्न सिंगापुरको कुटनैतिक सम्बन्ध, प्रभावकारी कानून र आर्थिक सम्पन्नता प्रमुख कारक बने ।

सिंगापुरको सन्तुलित कुटनैतिक सम्बन्ध र छोटो समयमै यसले हाँसिल गरेको आर्थिक समृद्धिबाट नेपालले धेरै कुरा सिक्न जरुरी छ । दुई ढुङ्गाबीचको तरुलको रुपमा रहेको नेपालले समग्र एशियन क्षेत्रको विकास र स्थायीत्वमा निकै अह्म भूमिका निर्वाह गर्न सक्छ । दुई विशाल देशहरु; भारत र चीनबीच अवस्थित नेपालले सिंगापुर जस्तै सन्तुलित सम्बन्ध राख्न सके भारत र चीनबीचको चिसो सम्बन्धमा न्यानोपन ल्याउन सक्छ भने आर्थिक रुपमा बलिया यी दुई देशहरुबाट फाइदा लिन सके समृद्धि प्राप्त गर्न समय लाग्ने थिएन । खाली आर्थिक स्थिति मात्र होइन, ‘करिडोर’ को रुपमा रहेको नपालले दक्षिण एशियाकै लागि पुलको रुपमा काम गर्न सक्छ ।

भारत र चीनलाई विश्वासमा लिन सके ती दूई देशबीचको सीमा समस्या पनि समाधान गर्न अह्म भूमिका निर्वाह गर्न सक्छ । त्यसैगरी, वातावरणीय समस्या समाधानमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भने समतामूलक आर्थिक बृद्धि हाँसिल गर्न सक्दछ । देश सन्तुलित हुन सक्यो भने कत्तिको फाईदा हुने रहेछ भन्ने कुरा सिंगापुरले देखाइसकेको छ । ट्रम्प र किमबीचको वार्ता आयोजना गर्दा सिंगापुरले १५ मिलियन डलर खर्च गरेता पनि उसले त्यसको दोब्बर आम्दानी र प्रचार पाएको छ । स्थायी सरकारले बनेको अहिलेको अवस्थामा सरकार यसतर्फ ध्यान दिन सके ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराले सार्थकता पाउने थियो ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ असार ४, १०: २७

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ असार ४, १०: २७

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ असार ४, १०: २७

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...