
एजेन्सी
काठमाडौं – चीनले प्रसिद्ध अर्बपति सन दावूलाई १८ वर्षका लागि जेल सजाय तोकेको छ । गएको वर्ष २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई पक्राउ गरिएको थियो ।
उनलाई विगतमा मानव अधिकार तथा राजनीतिक रुपमा संवेदनशील विषयमा टिकाटिप्पणी गरेको आरोपमा दोषी पाइएको छ ।
त्यस्तै सरकारका ग्रामीण नीतिको आलोचना गरेको, गैरकानुनी रुपमा खेत कब्जा गरेको, राज्यका निकायमाथि आक्रमण गर्न भिड जम्मा गरेको र सरकारी मजदुरको काममा अवरोध पुर्याएको लगायतका आरोप पनि छन् ।
उनलाई ३१ लाख १० हजार युआन जरिबाना तिर्न लगाइएको समाचार संस्था एएफपीले जनाएको छ । ६७ वर्षका सन दावूले उत्तरी हेबेई प्रान्तमा सञ्चालन गरेको कृषि व्यवसाय चीनका ठूला कम्पनीमा पर्छ ।
कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ । अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमध्ये सन पनि रहेका छन् ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...