चीनका अर्बपति सनलाई १८ वर्ष जेल सजाय – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

चीनका अर्बपति सनलाई १८ वर्ष जेल सजाय


एजेन्सी
काठमाडौं – चीनले प्रसिद्ध अर्बपति सन दावूलाई १८ वर्षका लागि जेल सजाय तोकेको छ । गएको वर्ष २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई पक्राउ गरिएको थियो ।

उनलाई विगतमा मानव अधिकार तथा राजनीतिक रुपमा संवेदनशील विषयमा टिकाटिप्पणी गरेको आरोपमा दोषी पाइएको छ ।

त्यस्तै सरकारका ग्रामीण नीतिको आलोचना गरेको, गैरकानुनी रुपमा खेत कब्जा गरेको, राज्यका निकायमाथि आक्रमण गर्न भिड जम्मा गरेको र सरकारी मजदुरको काममा अवरोध पुर्‍याएको लगायतका आरोप पनि छन् ।

उनलाई ३१ लाख १० हजार युआन जरिबाना तिर्न लगाइएको समाचार संस्था एएफपीले जनाएको छ । ६७ वर्षका सन दावूले उत्तरी हेबेई प्रान्तमा सञ्चालन गरेको कृषि व्यवसाय चीनका ठूला कम्पनीमा पर्छ ।

कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ । अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमध्ये सन पनि रहेका छन् ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण १४, २१: २१

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण १४, २१: २१

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ श्रावण १४, २१: २१

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...