अनसन बस्न जुम्ला पुगेका गोविन्द केसी पक्राउ – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

अनसन बस्न जुम्ला पुगेका गोविन्द केसी पक्राउ

जुम्ला । चिकित्सा बिज्ञान अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक, डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौबाट अनसन बस्न जुम्ला पुगेका केसीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । केसीले अनसन बस्न खोजेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रशासनले रोक लगाएको थियो ।

केसी आफ्ना समर्थकको साथमा जिल्ला प्रशासन अनसन बस्न पुगका थिए । त्यहाँबाट उनलाई पक्राउ गरिएको हो । अनसन बस्ने तयारीसहित शनिबार दिउँसो प्रतिष्ठानतर्फ जान लागेका डाक्टर केसीलाई प्रहरीले जुम्लाको टुँडिखेलबाट पछ्याएर अघि बढ्न रोकेको थियो । डाक्टर केसी अनसन बस्ने भनिएको ठाउँ प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपर २ सय मिटर क्षेत्रमा अनसन, धर्ना र नाराजुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने जुम्ला प्रशासनले शुक्रबार नै सूचना निकालेर जानकारी गराएको थियो ।

प्रक्राउ परेका डा. गोविन्द केसीले जुम्लाबाट विज्ञप्ति निकाल्दै विपन्न नागरिकलाई सस्तो, सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा लिने र पढ्न पाउने अधिकारको लागि संघर्ष गर्दा आफूलाई प्रशासनले अधिकारको दुरुपयोग गरी रोक लगाएको आरोप लगाएका छन् । डा केसीलाई शनिबार प्रहरीले पक्राउ गरेर जिल्लाको कभर्ड हलमा पुर्याइदिएको छ र उनि सोहि स्थानमा अनशन बसेका छन् ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ असार १८, ०६: २७

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ असार १८, ०६: २७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ असार १८, ०६: २७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...