‘संस्कृत मास्न मलाई ग्यारेजमा थुनियो’ – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

‘संस्कृत मास्न मलाई ग्यारेजमा थुनियो’

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलुपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संस्कृत, संस्कृति र संस्कार मास्नको लागि आफूलाई प्रधानमन्त्री निवास वालुवाटारको ग्यारेजमा थुनिएको वताएका छन् । क्यानाडाको भ्यानकोभरमा आगामी सोमबारदेखि शुक्रबारसम्म आयोजना हुन लागेको १७ औं विश्व संस्कृत भाषा सम्मेलनमा भाग लिन जान लागेका उपकुलपति डा. कोइरालालाई शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा राखेको थियो ।

‘प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कूलपति ओलीले तपाईंलाई भेट्न चाहनुभएको छ । यहाँ बस्नुतस भनेर मलाई एक घण्टामा ग्यारेजमा राखियो’, कूलपति कोइरालाले भने ‘प्रधानमन्त्री निवासकै सुरक्षाकर्मीले एक घण्टापछि कूलपति (ओली)ज्यूले समय अभावले तपाईँसँग भेट्न सक्नु भएन । तपाईं जान सक्नुहुन्छ भनेर छोडे ।’

शनिबार साँझ सम्मेलनमा भाग लिन ६ सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानाडा जान लागेका कोइरालाले प्रधानमन्त्री ओलीको हर्कत सर्वसत्तावाद लाद्ने र हामी कम्युनिष्ट हौं अब संस्कार र संस्कृति मान्दैनौं भन्ने उदेश्यले भएको आरोप लगाए । ‘शिक्षक मुक्तिनाथ अधिकारीराई खाँवामा बाधेर हत्या गर्ने र झापामा खाना खाँदै गरेको मान्छेको घाँटी छिनाउनेहरु सत्तामा गएकाले यस्तो भएको हो’ कोइरालाले भने ‘आफू लोकतन्त्रवादी भएकोले प्रधानमन्त्रीले यस्तो आक्रमण गर्नु भएको हो ।’

एक सय आठभन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने विश्व संस्कृत सम्मेलन आगामी २०२४ मा नेपालले आयोजना गर्ने कार्यसूचि रहेको कोइरालाले बताए । उनले १८ औं सम्मेलन अष्ट्रेलियाले गर्ने इच्छा देखाएको थियो । उपकूलपति कोइरालाले आफ्नो जहाज उडिसकेपछि प्रधानमन्त्रीको निवासमा नियन्त्रणबाट छोडिएकोले आफू जान नपाएको र अन्य साथिहरु भने गएको वताए । सो सम्मेलनमा नेपाल संस्कृत विश्व विद्यालयलका प्राध्यापक यदुनाथ न्यौपाने, वाल्मिकी विद्यापिठका क्याम्पस प्रमुख गणेश घिमिरे, सोही क्याम्पसका सह प्राध्यापक डा. लेखप्रसाद निरौला, सह प्रा.डा.नवराज कट्टेल, उपप्राध्यापक डा. प्रेमराज न्यौपाने, उप प्रा.केशव कोइराला भने भाग लिन त्यसतर्फ गएका छन् ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ असार २५, ०७: १७

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ असार २५, ०७: १७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ असार २५, ०७: १७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...