अमेरिकामा फ्रडहरुबाट हुनसक्ने आर्थिक एवम् मानसिक क्षतिबाट बच्ने तरिका ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अमेरिकामा फ्रडहरुबाट हुनसक्ने आर्थिक एवम् मानसिक क्षतिबाट बच्ने तरिका ?

सानुबाबु सिलवाल

ईन्टरनल रेभ्युन्यु सर्भिस (आइ आर एस) अर्थात अमेरिकन आन्तरिक कर सेवा कार्यालयको नाममा कर नतिरेको र पटक पटक ताकेता गर्दा समेत अटेरि गरेकाले कार्वाही प्रक्रिया अघि बढाइएको एक महिलाको धम्किपूर्ण म्यासेज आफ्नो सेल फोनमा प्राप्त भ ए पछि झन्डै डेढ हप्ता देखि आतङ्कित र पिरोल्लिरहेका भाइ रबि राउतसँगउनको धेरै पटक मसँगसम्पर्क गर्ने प्रयास पछि हिजो अबेर राति कुराकानि गर्ने मौका मिल्यो ।

त्रासमा रहेछन अमेरिकाको म्यारिल्याण्डमा बस्दैआएका भाइ रबि आइ आर एसको म्यासेजपछि । के गर्ने ? के साच्चै सहि नै हो त यो म्यासेज ? के मलाई कार्वाही गर्न लागेकै हो त ? अब के कहा जाने ? कसलाइ सोध्ने ? अब के कसरि पत्ता लगाउने यो रियल नै हो भन्ने ? मैले के गल्ति गरे त ? काम गर्दै छु । अमेरिकन सरकारलाइ बुझबुझारत गर्नुपर्ने कर तिरि रहेकै छु । बर्षेनि अघिल्लो बर्षको दाखिला गर्नुपर्ने कर नियमित नै छ । कहा, कसरी म बाट गल्ति हुन गयो त ?

यि नै प्रश्न, कौतुहलता, जिज्ञासा र त्रास सहितको प्रस्तुति देखिन्थ्यो भाइ रबिको । मैले सुन्दै ग एँ, उनले भन्दै ग ए । मैले उनलाइ भने मलाइ त्यो म्यासेज कपि गरेर पठाइ देउ, प्रयास गरे उनले तर भ एन पठाउन । मैले उनलाइ भने मेरो फोनमा अर्को नम्बरबाट गरि म्यासेज सुनाउ भने उनले त्यहि गरे । म्यासेज सुने, सुन्दा प्रष्टै थियो त्यो फ्रड र स्क्यामिङ्ग । भाइ रबिलाइ आइ आर एसको नाममा तर्साएर लुट्ने जमर्को थियो । भाइलाइ सान्त्वना दिदै भने न आत्तिनु, त्यो फ्रड आइमाइ हो । यत्ति मात्रै के भनेको थिए दाजु फ्रड नै हो भनेर कसरी थाहा पाउने ? मैले भने उनलाइ दिस इज गुड क्वेसन !

सर्बप्रथम अमेरिकन सरकार र यसका मातहतका फेडरल कार्यालय एबम राज्य सरकार र यसका कार्यालयहरुले कथम कदाचित समःयै परे वा कुनै इस्सु वा कुनै तलमाथि परेकै भ एतापनि ल इनफोर्समेन्ट, प्रहरी र अन्य ततसम्बन्धि इन्क्वाइरी बाहेक सिधै ब्याक्तिलाइ फोनबाट सम्पर्क गर्दैन । चिठि पठाउछ सम्बन्धित ब्याक्तिलाइ उस वा उनको ठेगानामा पहिले पुर्ण बिबरण, कारण र गर्नुपर्ने आवश्यक प्रक्रिया र समाधानको उपाय सहित । सरकारी कार्यालयलाइ तिरनतारनकै सबालमा पनि तिर्नुपर्ने रकम वा तिर्न नपर्ने भ ए के कति कारण सहित खुलाएर वा खुलाउनका निम्ति अप्सन सहित अबसर दिने गर्दछ ।

अपराधका घटना बाहेक अन्य सबालमा अमेरिकन सरकार र यसका मातहतका निकायले धम्क्याउदैनन, शिष्टता र प्रोफेफनल हुने गर्दछन र नागरिकको मर्यादालाइ औधि ख्याल गर्दछन् अमेरिकामा । यदि कथमकदाचित फोन नै गरे पनि अपबादको केसमा फोन गर्ने कर्मचारिको नाम, उस वा उनको परिचय नम्बर र सम्पर्कका लागि स्पष्ट नम्बर जुन नम्बरमा कल गर्दा स्पष्ट अप्सन सहितबाटै पत्ता लगाउन सकिन्छ अर्थात भेउ पाउन सकिन्छ आधिकारिक संस्था वा कर्मचारिले फोन हो भन्ने ।

रबिलाइ भने भाइ त्यो सबै थिएन उक्त कल म्यासेजमा तर तैपनि त्यहाको स्थानिय कर कार्यालयको ठेगाना अनलाइनबाट लिएर त्यहि जाउ र आइ आर एसका कर्मचारिलाइ भेट र कुराकानी गर तर उक्त म्यासेज पनि लैजान चाहि नभुल्नु । उनिहरुले स्पष्टसँगसबै कुरा बताइ दिनेछन तर डराउनु पर्दैन, निर्धक्क सँगबोल्दा र कुराकानि गर्दा हुन्छन । अमेरिकन सरकारि कर्मचारीहरु सहयोगि र शिष्ट हुने गर्दछन । भाइ रबिले थपे थ्याङ्क्यु दाइ ढुङ्गा खोज्दा देउता मिल्यो आज, खुशि लागेर आयो चिन्ताबाट मुक्त भ ए आज दाजुसँग कुरा गरि बुझ्न पाएकोमा । आज चाहि राम्ररि सुत्न पाउने भ एँ । मैले थपे ठिक छ अरु केहि परे भबिश्यमा सम्पर्क गर्नु ।

अमेरिकामा रबि एउटा पात्र मात्र हुन, हजारौ हजार अमेरिकनहरु, अमेरिकामा बस्ने मानिसहरु यस्ता फ्रड, स्क्यामरबाट पिडित हुने गर्दछन दैनिकै जसो । मिलियन मिलियन मानिसहरुले बर्षेनि यस्ता फ्रडहरुको निसानिबाट लाखौ लाख डलर मात्रै गुमाउदैनन, आर्थिक एबम मानसिक सास्ति पनि उत्तिकै । बिभिन्न बहानामा लुट्ने, धम्क्याउने, चीट्ठा र अन्य जिन्सि सामानमा लोभ्याइदिने र लुट्ने, क्रेडीट कार्ड, डेबिट कार्ड र बैङ्क एकाउण्ट रित्याइदिने र पर्सनल क्रेडीट हिस्ट्रि ड्यामेज नै पारिदिन्छन ।

थाहा नपाउने, नजान्ने, नया र जानकारि नभएका, सिधासादा मानिसहरु, बुढापाका र लोभि मानिसहरु नै यस्ता फ्रड र स्क्यामरहरुको टार्गेट बन्ने गर्दछन अमेरिकामा । एउटा कुरा चाहि के बुझि राख्नु भने फोनमा प्राप्त हुने म्यासेज, इमेलमा प्राप्त हुने म्यासेज र फोन कलमा आफ्ना पर्सनल बैयक्तिक गोप्य इनफरमेसनहरु जस्तै नाम, डेट अफ बर्थ, सोसियल सेक्युरिटी नम्बर, ठेगाना, बैङ्क एकाउन्ट, क्रेडीट कार्ड एबम डेबिट कार्ड नम्बर र ड्राइभर लाइसेन्स नम्बर कदापि शेयर नगर्नु होला आवश्यक निकाय र बुझि जानि बाहेक ।

भाइ रबिले अर्को पनि महत्वपुर्ण प्रश्न राखे हिजोको फोन कुराकानिमा यो सबैलाइ जानकारी हुँदा काम लाग्न सक्दछ । उनले सोधे त्यो फ्रड आइमाइले कसरि मेरो पर्सनल नाम र सेल फोन प्राप्त गरी ? सामाजिक सन्जाल जस्तै फेसबुक, ट्विटर, याहु, गुगल लगायत इन्फो कलेक्टर यलो पेज, फोन कम्पनिहरुले तपाइका गोप्य सुचना बेचेर कमाउने गर्दछन । यस्ता सुचना किन्नेहरुमा फ्रड, गोप्य संस्थाहरु, अन्डरकभर संस्थाहरु हुने गर्दछन । हाम्रा सुचना र तथ्याङ्कहरु गोप्य छैनन र कुनै पनि बेला तपाइ हामी जो सुकै यस्ता फ्रडहरुको ताकेतामा र निसाना पर्ने गर्दछौ । एउटै कुरा चाहि नभुल्नु सचेत हुनेभन्दा बाहेक अर्को औषधि छैनन यस्ता फ्रडहरुबाट बच्नका लागि ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ असार २५, ०९: ५३

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ असार २५, ०९: ५३

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ असार २५, ०९: ५३

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...