घाँटीको संक्रमणपछि डा. केसीको स्वास्थ्य बिग्रियो – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

घाँटीको संक्रमणपछि डा. केसीको स्वास्थ्य बिग्रियो

काठमाडौं । जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । उनको चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

फेरेन्जाइटिसकै कारण उनको आवाजमा समेत परिवर्तन आएको छ । उनको रगतमा सेतो कोषिकाको मात्रा कम हुनुका साथै घाँटी दुख्ने, घाटी खसखसाउने, खोकी लाग्ने, पेट दुख्ने, मुटुको चालमा गडबडी हुने, मांसपेशी बाउडिने जस्ता समस्या देखिएको छ । उनको रगतमा म्याग्नेसियमको मात्रा समेत कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा. केसी निकट डा. विषद दाहालले भने, ‘डा. केसीको अवस्था नाजुक हुँदै गएको छ । उनमा प्रत्येक पटक नयाँनयाँ समस्या देखिँदै गएकोमा अहिले फेरेन्जाइटिस देखिएको छ ।’ फेरेन्जाइटिस विशेषगरी घाँटीको पछाडि रहेको टन्सिल तथा भोकल बक्सबीचको भाग सुन्निएर हुने गर्छ ।

फेरेन्जाइटिस भएमा खोकी लाग्ने, रुघा लाग्ने, जीउ दुख्ने, ज्वरो आउने टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने लगायतको समस्या हुने गर्छ । फेरेन्जाइटिसको समयमै उपचार नगरे मिर्गौलालाई असर गर्नुका साथै बाथ ज्वरोका कारण मुटुको भल्भमा समेत गभीर असर पार्ने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ असार ३२, ०९: ०७

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ असार ३२, ०९: ०७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ असार ३२, ०९: ०७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...