राजपा संसदीय दलको नेतामा ठाकुर – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

राजपा संसदीय दलको नेतामा ठाकुर

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । पार्टी संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टीको अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

नेता राजेन्द्र महतोको प्रस्तावमा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मतिले चयन गरिएको पार्र्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले दलको नेता चयनसँगै राष्ट्रिय जनता पार्टीभित्र विवाद रहेको भन्ने आरोप सत्य नभएको पुष्टि भएको दावी गरे ।

राष्ट्रिय जनता पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता महन्थ ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । दलको नेता चयन भएपछि उनले पार्टीका सांसदहरूबीच संसदमा दलको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने र सरकारको कामलाई गुण र दोषको आधारमा विश्लेषण गरेर जाने दलका नवनिर्वाचित नेता ठाकुरले बैठकमा प्रतिवद्धता व्यक्त गरे पनि नेता यादवले जानकारी दिए । राजपाले आफूहरू मधेशको मात्रै नभई सिँगै मुलुकका जनताको पक्षमा लागिपर्ने पार्टी भएको पनि दावी गरेको छ ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ असार ३२, ०९: १०

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ असार ३२, ०९: १०

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ असार ३२, ०९: १०

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...