काठमाडौ । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७४÷७५ भित्र सरकारले १२ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ७९।१ प्रतिशत मात्र खर्च गर्न सकेको हो ।
अर्थ मन्त्रालय महालेखा नियन्त्रण कार्यालयको तथ्यौक अनुसार अझै २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुन बाँकी नै छ । यदि सरकारले लक्ष्य अनुसार गर्ने हो भने ६७ अर्ब १६ लाख रुपैयाँ दैनिक खर्च गर्नु पर्ने देखिन्छ ।
यद्यपि गएको हप्ताको तथ्याङ्क अनुसार सरकारले असारे खर्च गरिरहँदा पनि दैनिक १ अर्ब ५३ करोड रुपैयाँदेखि ११ अर्ब ८९ करोड रुपैयाँसम्म मात्रै खर्च गर्न सेकेको देखिएको छ ।
असार २९ गतेसम्मको तथ्याङ्कअनुसार चालु खर्च ८ खर्ब ३ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ६ खर्ब ८५ अर्ब रुपैयाँ खर्च भएको छ । त्यस्तै विकास कार्यका लागि पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा २ खर्ब १८ अर्ब रुपैयाँ खर्च भएको छ । वित्तिय व्यवस्थापनको लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।
तथ्याङ्क अनुसार चालुतर्फ अहिलेसम्म विकास कार्यका लागि पुँजीगततर्फ २० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ७५ प्रतिशत मात्रै खर्च भएको छ ।
आर्थिक वर्षको अन्त्यतिर बजेट बढी निकास हुने र असारे विकासको रुपमा जथाभावि खर्च गरेर सिध्याउने प्रवृत्ति विगत वर्षहरु जस्तै दोहोरिएको छ । छुट्याएको बजेट खर्च गर्न हिउँदे बजेट भाषण तथा निकासी गरेपनि ढुलासुस्ती प्रवृति सुधार हुन सकेको देखिदैन ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...