प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपा र उनी नेतृत्वको सरकारका मन्त्रीहरुको मेडिकल शिक्षा सम्वन्धी दाबी हावादारी प्रमाणित भएको छ । नेकपामा नेता कार्यकर्ता र सरकारका केही व्यक्तिहरु यतिवेला डा. गोविन्द केसीको बिरुद्धमा न्वारानदेखिको बल निकालेर बिरोध गर्ने नाममा तथानाम बोल्न थालेका छन् ।
नेपालमा मेडिकल कलेज कम भएका कारण नेपालीहरु बिदेश पढ्न बाध्य भएको भनेर गर्ने उनीहरुको दाबी झुटो भएको छ । नेकपाका नेता, कार्यकर्ता र सरकारका मन्त्रीले नेपालमा मेडिकल कलेज कम भएर डाक्टर पढ्ने बिद्यार्र्थी विदेश गए भन्नु यथार्थ नभएको देखिएको छ । तथ्य हेर्दा नेपालको मेडिकल कलेजमा बिद्यार्थी पढ्न नगएर खाली छ ।
किन खाली भन्दा, मेडिकल कलेज महँगो हुनुका साथै गुणस्तर नभएर हो । सरकारमा बसेका मन्त्रीहरु तथा प्रधानमन्त्रीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्र माफियाको हातमा दिएर ध्वस्त पार्ने अनि आफ्नो र आफ्नाको उपचार गर्नु पर्यो भने राज्यको करोडौ बोकेर बंैकक र सिंगापुर जाने गरेका छन् ।
सरकारको अब यो खाली सिटहरुमा चाँही नेकपाका ति सांसदहरुलाई भर्ना गर्नु पर्छ भनेर हो वा के हो अहिले सदनमा काठमाडौँमा मेडिकल कलेज जति पनि खोल्न पाउनु पर्छ भन्दै डा.गोबिन्द केसीलाई गाली गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयमा गएर मेरो जिल्लाको हेल्थ पोष्ट र हस्पिटलमा किन डाक्टर छैन भन्दै धर्ना दिन पछि नपर्ने सांसदको घैंटोमा कहिले घाम लाग्ने होला ? नेकपाका सबै सांसद डाक्टर भएपछि बिना डाक्टरको जिल्लाको समस्या समाधान भै हाल्ने हो र ?
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...