सत्याग्रहको शक्ति बलियो हुन्छ, सहमतिमा मुलुक सञ्चालन गर्ने पद्धतिको विकास गरौँ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सत्याग्रहको शक्ति बलियो हुन्छ, सहमतिमा मुलुक सञ्चालन गर्ने पद्धतिको विकास गरौँ

हरिविनोद अधिकारी

१. सत्याग्रहमा कति बल हु्ँदोरहेछ भन्नेकुरा प्रतिनिधि सभामा दुई तिहाईको शक्ति सञ्चय गरेर बसेको आफूलाई शक्तिशाली मान्ने नेकपा नेकपाको सरकार पनि आफ्ना कार्यकर्तालाई सर्वोच्च अदालतमा हाजिर गराउन बाध्य भएको छ जस्ले गर्दा गङ्गामायाजीको छोराको हत्याका वारेमा सही जानकारी र हत्यारा पक्राउ गरेर कार्बाही गराउन गरिरहनु भएको सत्याग्रहले एउटा परिणाम दिएको छ। ङ्गामायाजीको आमरण अनसन त तोडियो तर त्यस्तै सत्याग्रही डाक्टर गोविन्द केसीको सत्याग्रह यो समीक्षा लेखुन्जेलसम्म यथावत छ ।

२. लाग्थ्यो — यो सरकार पक्कै पनि पहिलेका भन्दा केही फरक देखिएर जनताका समस्यामा संवेदनशील हुनेछ । लाग्थ्यो—पहिले प्रजातन्त्र थियो र केही कमी थियो होला, तर अब गणतन्त्रात्मक लोकतन्त्र भएकाले जनताले कुनै पनि कुरामा अन्याय महसुस गर्नु नपर्र्ला । अबका सरकारमा दम्म पटक्कै नदेखिएला । राम्रोको मात्र महत्व बढ्ला, हाम्राको भन्दा राम्राको कुरा बढी होला । तर यसो छनक हेर्दा झन स्थिति नाजुक पो हुने हो कि भन्ने लाग्न थालेको छ ।

३. सरकार भनेको जनताको सेवक हो । जनतालाई जनताले राज्य गर्न अनुमतिमात्र दिएका हुन्, मालिक हुन र विवादका भुमरी तयार गर्न भनेर सरकारमा पठाएका होइनन् । तर अहिले जे हुँदैछ, त्यस्ले मुलुकलाई गम्भीर मतभेद र संक्रमणतर्फ धकेलेको पाइन्छ । सरकारमा हुनेलाई सायद त्यस्को आभास हुँदैन होला र सत्ता सधैँ दृष्टिविहीन जस्तै हुन्छ भन्छन् । दृष्टिविहीन साथीहरुमा त प्रज्ञाचक्षु हुन्छ, तर सरकारमा भने त्यस्तो चक्षु नभएको जस्तो पाइन्छ ।

४.सत्ता भनेको क्षणिक आवेग हो । तर त्यही सत्ताले अमर बनाएका व्यक्तिहरु पनि छन् । टाढा जानै पर्दैन, जनमुखी काम गरेकाले राजाले बीपीलाई सत्ताच्यूत गर्दा आज राजतन्त्र नै रहेन । बीपीको नाम जस्ले जे भने पनि नेपाली इतिहासमा अमर भएको छ भने राजाहरुको नाम केही वर्षपछि हराउँदै जानेछ । पृथ्वीनारायण शाह बाहेक अरु राजाका वारेमा नेपाली इतिहास खासै सकारात्मक देखिँदैन । भएका केही प्रधानमन्त्रीबाहेक अरुका वारेमा खासै चर्चा गर्नु पनि जरुरी हुँदैन नेपाली इतिहासमा । जो अमर भए, ती जनताका स्मृतिमा ताजै रहनेछन् ।

५.डाक्टर गोविन्द केसीलाई बुझ्न किन अप्ठेरो परेको होला सरकारलाई, थाहा भएन तर सत्याग्रहका कारणले जुन नाम उहाँले पाउनु भयो, यदि सत्याग्रहकै क्रममा उहाँ स्वास्थ्य सेवाका लागि सहिद हुनु भयो भने, त्यसको परिणाम कस्तो होला ? त्यस्तो नहोस्, उहाँका मागहरुप्रति सरकार सजग होस्, नेपाली जनताका योग्य सन्तानले स्वास्थ्य शिक्षा सहुलियत दरमा प्राप्त गरुन् र नेपालीहरुले स्वास्थ्य सेवा सहज तरिकाले पाउन सकून् भन्ने पावन धारणाले आग्रह गर्दा पन्ध्रौँ पटकसम्म आमरण अनसन बस्न बाध्य केसीलाई अब कुनै लोभ भएजस्तो लागेन । मात्र भविष्यमा नेपालको स्वास्थ्य शिक्षा , स्वास्थ्य सेवाको गुणस्तर राम्रो रहोस् र नेपालीहरु अकालमा मर्नु नपरोस् भन्ने मात्र देखिन्छ ।

६.एउटा कछाड लगाएर अनि धागो कातेर बस्ने महात्मा गान्धीले अंग्रेजको शासनलाई भारतबाट लखेट्न सफल हुनुभएको तथ्यले पनि सत्याग्रहलाई हेप्नु जरुरी छैन र अब यस्तै हो भने र सरकारको दम्भले सीमा नाग्दै जाने हो भने सबै क्षेत्रले सत्याग्रहको आधार लिएर अगाडि बढ्नु पर्ने हुनसक्छ । सरकार भनेको जनताको सेवक हो, जनतालाई हैकम देखाएर झपार्ने, हपार्ने र थर्काउनका लागि होइन भन्ने कुरा सरकारमा बस्ने हिजोका आन्दोलनकारीहरुले जति चाँडै बुझ्छन्, त्यति चाँडो मुलुकले निकास पाउने छ ।

७. नेपाली जनता अत्यन्त चनाखो भएर हेरिरहेका छन् । सरकारमा जो हुन्छ, त्यसको काम कार्बाही हेर्छन् । सरकार जनताप्रति कति उत्तरदायी छ भनेर दाँज्छन् र आगामी दिनमा कसरी न्याय दिने हो भनेर विचार गर्छन् ।

८.राजनीतिको चक्रमा कहिले को अघि, को पछि हुन्छ तर जनताको भावना भनेको आफैँले खटाएका नेताले सरकार कसरी चलाउँछन्, त्यसमा बढी ध्यान हुन्छ ।

९. र अन्त्यमा , सत्याग्रहमा रहेको गोबिन्द केसीको ज्यान खतरामा छ, उहाँको ध्येयमाथि प्रश्न उठाउनु भन्दा उहाँको र स्वास्थ्य शिक्षासम्बन्धी मनीषीहरुको सल्लाहमा मुलुकको शिक्षा प्रणालीमा नयाँ परिवर्तन गरौँ र फेरि फेरि एउटै विषयमा कुनै गोविन्द केसीले पनि फेरि आमरण अनसन बस्नु नपरोस् । चेतना भया ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ असार ३२, ०९: ४३

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ असार ३२, ०९: ४३

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ असार ३२, ०९: ४३

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...