सानुबाबु सिलवाल
सात समुन्द्र पारि अबसरको मुलुक अमेरिकामा छिरेपछि मानिसको जुग बितेको पत्तै नहुने रहेछ । आएको पनि हिजो जस्तै लाग्दछ तर झन्डै १३ बर्ष बितेछ । यसो सोचेर ल्यायो झल्यास्स हुने गर्दछु । म जस्तै धेरै दाजुभाइ दिदी बहिनीहरुको पनि चालामाला चाहि यस्तै यस्तै हुनु पर्दछ । अमेरिकामा जुनसुकै तबर र हैसियतमा प्रबेश गरेर पनि यहाको नागरिकता नलिएसम्म इमिग्रेसन अर्थात अध्यागमन प्रक्रिया सम्पन्न हुन्न ।
कानुनी कागजका लागि संघर्ष गर्दागर्दै ५÷१० बर्ष बित्ने रहेछ । ग्रिन कार्ड लियो तर नागरिकताका लागि ५ बर्ष कुर्नै प¥यो । जब नागरिकता प्राप्त गर्दछ उसको इमिग्रेसनको प्रक्रिया त सम्पन्न भयो तर आफ्ना आमाबाबु, दाजुभाइ, परिवार र छोराछोरिका निमित्त कानुनि कागजको प्रक्रिया थाल्दाथाल्दै अर्को ५÷७ बर्ष बित्ने गर्दछ ।
भनेपछि एकजना मानिस अमेरिका प्रबेश गरेपछि उसले आफ्ना परिवार र आफ्न्त यो मुलुकमा नभित्र्याएसम्म ऊ वा उनी चयनले बस्दैन र उसका अधिकांश डलर आम्दानी यिनै कानुनी कागज मिलाउने र वकिल मै खर्च हुने गर्दछ ।
एउटा गहन प्रश्न उब्जियो अमेरिकामा जब तपाई अमेरिकन नागरिक बन्नु भयो त्यतिबेला तपाईका नेपालमा भ एका घर , सम्मति, जग्गा, जमिन, जायजेथा भोग चलन गर्न पाउनु हुन्छ कि हुदैन त ? यदि तपाइसँग ग्रिन कार्ड छ भने त्यतिबेला सम्म तपाईको नेपालको नागरिक हक अधिकार र सम्पत्ति एबम् जायजेथाको नैसर्गिक अधिकार रहनेछ तर जब अमेरिकन नागरिकता लिएपछि त्यो हैसियत के हुने ? के नेपालमा भ एका जायजेथा गुमाउन पर्ने हो वा तपाइले प्राप्त गर्ने अंश , सम्पतिको अधिकार रहन्छ कि रहदैन जिज्ञासा जटिल जिज्ञाषा हो ।
अमेरिकामा रहेका कतिपय नेपालीहरुले नेपालमा रहेका आफ्ना श्रीसम्पत्ति कानुनी रुपमा गुम्ने वा डुब्ने डरले प्राप्त गर्न सकिने अमेरिकन नागरिकता नलिकनै बसेका छन ् । श्रीमान वा श्रीमती एकले नागरिकता लिने र अर्कोले अर्को १० बर्ष ग्रिनकार्ड नै नविकरण गरी बसेका कैयौ उदाहरणहरु यो लेखकसँग छ ।
अब प्रश्न रह्यो के त हामीले त्यो ठिक गर्यौ वा बेठिक ? यस बारेमा तल्लो स्तरसम्म जानकारी र सहि सुचना पुगेको पाइदैन र थुप्रै नेपालीहरु बेखबर र तिनमा त्रासदि कायम रहेको देखिन्छ । अब के हुन्छ त तपाईले अमेरिकन नागरिकता लिनुभयो र तपाईको श्रीसम्पत्ति नेपालमै छ र जुन तपाईको नाममा छ वा तपाईका आमाबाबु वा दाजुभाइ दिदीबहिनीहरुको नाममा छ वा भागसान्ति नै गर्न बाँकी छ ?
जब तपाईले अमेरिकन नागरिकता लिनुभयो भने त्यतिबेला तपाईले कानुनी रुपमा नेपालमा भ एका सम्पतिको अधिकार र त्यसलाई अध्याबधिक राखिराख्ने अधिकार गुमाउनु हुनेछ त्यहि भन्छ अमेरिकी कानुनले अर्थात तपाइले आफ्नो सम्पत्ति बिबरण वा कर दाखिला गर्दा तपाइको जायजेथा उल्लेख गर्न सक्नुहुनेछ तर अमेरिकी कानुनले अमेरिकी कानुन कै आधारमा तपाइको नेपालको सम्पत्तिका बारेमा औधि खोजतलास नगरेसम्म वा तपाइसँग भ एका सम्पत्ति, धन मौजात वा कुनै पनि एसेटस अमेरिकी सरकारलाई देखाउन सक्नुहुनेछ तर जुन कुरा नेपालको कानुन र नेपाल सरकारको नियमसँग तपाई बाँधिनु हुनेछ ।
घर किन्ने, ब्यबसाय किन्ने, ब्यबसाय चलाउने र आर्थिक कारोबारका हकमा कानुनसँग नबाझिने वा कानुन उलंघन नहुने हदसम्म तपाईले आफ्नो सम्पत्ति कायम त राख्न सक्नुहुनेछ तर तपाई नेपालमा पर्यटकको हैसियतमा शुल्क तिरेर निश्चित समयसम्म समय आज्ञा प्राप्त गरि नेपाल बस्दा वा आफ्ना आर्थिक गतिबिधि सञ्चालन गर्दा वा सम्पति भोगचलन वा कि नबेचमा नेपाल सरकारको स्वीकृति लिनुपर्नेछ । नेपालमा आर्जित रकम डलरमा कन्भर्ट गरि बाहिरिन दिदैन नेपाल राष्ट्र बैंङ्कले र अमेरिकन सरकारले पनि १० हजार भन्दा बढी रकम ल्याउदा त्यसको स्रोत र कानुनी आधार खोज्नेछ ।
त्यसका लागि मनि लण्डरिङ्ग र मनि सर्भिस बिजिनेसको नियम र कानुन लाग्नेछ तपाइलाई । जब सम्म स्रोत खोल्नुहुन्छ र कानुनी रुपमा जायज भ एको हकमा आम्दानी कर र आय स्रोतको कानुनी प्रक्रियाको अबज्ञा गर्न मिल्दैन तपाईले । मुख्यत तपाई अमेरिकन नागरिक बन्नु भयो र तपाईको नेपालको जायजेथा अन्य ब्यबहारिक र घुमाउरो हिसाबले तपाई बेचबिखन गरि आम्दानी सार्न त सक्नुहुन्छ तर कानुनी हिसाबले तपाई अप्ठेरोमा पर्नु हुनेछ ।
म अमेरिकामा हुदा अमेरिकन नागरिकता प्रयोग गर्दछु र नेपालको एयरपोर्टसम्म अमेरिकी पासपोर्ट बोक्छु र नेपालको बिमानस्थलमा पुगेपछि नेपाली नागरिकता खल्तिबाट झिकेर नेपाली नागरिकका हिसाबले चल्छु र कारोबार गरि बच्न सक्छु भनेर चोर बाटो जानुभयो र कथमकदाचित अनुसन्धान र रिपोर्टको आधारमा तपाई समातिनु भयो भने चाहि तपाइ नराम्ररी फस्नु भयो । यो काम कदापी नगर्नु होला ।
तपाईले अमेरिकन नागरिता लिनसक्नु भ एको छ र तपाईको नाममा नेपालमा अझै जायजेथा बाँकी छ भने बिस्तारै बेचबिखन गर्ने वा आफन्तका नाममा नामसारी गरि आफ्नो नामबाट स्वतन्त्र हुनुहोस् ।
ढिलाइ गर्दा वा अटेरी गर्दा भोलि सम्पतिको दोहोरो कर एबम् कानुनि रुपमा कन्स्पिरेसिको दोहोरो दन्ड वा कार्वाहिबाट बच्नुहोला । केहि हुदैन र कसैले थाहा पाउँदैन भन्ने नाममा तपाइले सम्पति वा जायजेथा राखिराख्नु भयो र यो गोप्यता भोलि अनुसन्धानमा पर्दा अमेरिकि सरकार र नेपाल सरकारको दुबै कानुनि झमेला पर्न सक्नुहुनेछ ।
पारदर्शिता अपनाइ बेलैमा आर्थिक एबम् मानसिक क्षतिबाट बच्नुहोस् । अब अमेरिकी नागरिकता प्राप्त हुँदा तपाईलाई यहाँको आर्थिक, कानुनी, सामाजिक बेनेफिट , राज्यको रिटायर्डमेन्ट बेनेफिट एबम् कुनै पनि नागरिक नैसर्गिक आर्थिक , सामाजिक , राजनैतिक एबम् सबै खाले बेनेफिटबाट लाभान्वित हुनुहुनेछ यदि तपाई अमेरिकामै बस्ने हो भने भबिष्यमा ब्यबसायिक एबम् सामाजिक सुरक्षा र राजनैतिक संरक्षणको बेनेफिट त अर्को महत्वपुर्ण छदैँछ । त्यसैले लोभले लाप , लापले बिलाप चाँहि कसैलाई नहोस् ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...