उपत्यकाको असुरक्षित सडक – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

उपत्यकाको असुरक्षित सडक

उपत्यकाको अधिकांश सडकहरु जतिजति सडक फराकिलो हुँदै गएको छ, उतिउति असुरक्षित बन्दै गएको छ । वर्षौदेखिको निर्माण कार्य सम्पन्न नभई रहेका समयमा साना तथा दुई पाङ्ग्रे सवारी साधनबाट दिनप्रतिदिन असुरक्षित हुने क्रम बढ्दो छ । उपत्यकामा मात्र १५ सय भन्दा बढी सवारी दुर्घटना भएको तथ्यांङ्क प्रहरीसँग रहेको छ ।

जस अुनसार उपत्यकाका ठूला सवारी साधनहरु बस, ट्रक र ट्रिपरले ठक्कर दिएर मोटरसाईकल तथा स्कुटर चालकको मृत्यु भई रहेको जनाइएको छ । निर्माण कार्यको लागि बालुवा, गिटी, रड जस्ता सामग्री ओसारपसारका लागि प्रयोग गरिने ठूला सवारी साधन मध्ये ट्रिपर अत्याधिक मात्रामा प्रयोग हुने गरेको छ ।

सानासाना गल्लिहरुमा पनि सजिलै छिराउन सकिने र निर्माण सामग्री र भाडादर सस्तो समेत पर्ने हुँदा अधिकांश निर्माण उपभोक्ताहरुले ट्रिपरबाट सामग्री ओसारपसार गर्न रुचाउने गरेको पाइन्छ । भाडा सस्तो र एकैपटक धेरै सामानहरु बोक्ने उक्त हेभी ट्रिपरहरुले अहिले उपत्यकामा दिनहँु जस्तै दुर्घटना गराईरहेका छन् ।

तसर्थ ट्राफिक प्रहरीले यसको उचित व्यवस्थापन गर्न जरुरी छ । त्यस्ता गाडीहरुका लागि उपत्यका भित्र छिर्ने निश्चित समय तय गर्दा प्रभावकारी हुने देखिन्छ । एक हप्ता अगाडीदेखि भक्तपुरबाट कोटेश्वर छिर्ने ट्रिपहरुका लागि टाईम कार्ड लागू गरिएको छ । तर दुर्घटना भने रोकिएको छैन । एक त उक्त ट्रिपरको प्राविधिक पक्ष कमजोर छ, जस्तो ट्रिपर चलाउँदा अग्लो भागमा बसेर ड्राइभिङ्ग गर्नुपर्ने कारणले चालकलाई भिजिबिलिटीमा समस्या भएर दुर्घटना बढेको हुनुपर्छ ।

दोस्रो कुरा भनेको होडवाजी नै हो । ट्रिपर धनीले तलब थोरै दिने र प्रति ट्रिपको भत्ता धेरै दिने गरेकोले ड्राइभरहरु जतिसक्दो बढी ट्रिप गर्न ओभर स्पिडमा सवारी हाँक्ने गर्दछन् र दुर्घटना बढी हुने गरेको छ ।

अहिले उपत्यकामा अत्याधिक मात्रामा मोटरसाईकल र स्कुटर प्रयोग भई रहेको अवस्थामा यस्ता खाले ठूला हेभी ट्रिपरहरुलाई रातको समयमा मात्र चलाउने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

रातको १० बजेदेखि बिहान ५ बजेसम्म मात्र ठूलाखाले ट्रिपरहरु उपत्यकाभित्र प्रवेश र त्यस समयभन्दा अन्य समयमा पूर्ण रुपमा प्रवेश निषेध गर्नुपर्छ । तर त्यो पनि दीर्घकालिन समाधान नहुन सक्छ । किनभने निश्चित समय तोक्ने तर कुनै अनुगमन र नियम नलगाउने हो भने पनि झन् लापरवाही बढ्न सक्छ । तसर्थ निश्चित समय तोक्नुको साथै ट्राफिक नियम पालनामा पनि कडाई गर्नुपर्दछ ।

सडकका बत्ति, सीसी टिभी, क्यामेरा लगायतका उपकरणहरुको पनि उचित व्यवस्थापन गर्न सके ट्रिपर चालक सजक हुने थिए । सवारी धनी, ट्राफिक प्रहरी, सरोकारवालाहरुको बौद्धिक, बुद्धिमतापूर्ण कार्यले मात्र यस्ता दैनिक हुने दुर्घटनाहरु न्यूनिकरण गर्न सकिन्छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ श्रावण १४, ०८: १४

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ श्रावण १४, ०८: १४

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ श्रावण १४, ०८: १४

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...