अमेरिकामा घर रिफाइनान्स गर्दा कति बचत हुन्छ ? – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

अमेरिकामा घर रिफाइनान्स गर्दा कति बचत हुन्छ ?

सानुबाबु सिलवाल

नर्थक्यारोलिनाको मै बसेको बर्क काउन्टिमा बस्ने ५५ बर्षे गोरा डेनिशले आज भन्दा १९ बर्ष अघि घर किनेकै दिनदेखि उसले दारि र जुँगा पाल्न शुरु गरेको रहेछ । घरको ऋृण भुक्तानि गरेकै दिन ति झन्डै २० बर्ष पालिएका जुँगा र दारि खौरिएर फालिदिने उसले प्रतिज्ञा अर्थात कसम खाएका रहेछ ।

मेरा यी दारि र जुँगा अब ९ महिनापछि देख्न पाउने छैनस सानु भन्दै थियो अघिल्लो हप्ता । कुराको मुल चुरो खोतल्दै गयो र भन्यो अब ९ महिनापछि मेरो घर मेरै मात्रै हुनेछ अर्थात पुर्ण भुक्तानि भै मेरो घर स्वतन्त्र हुनेछ बैङ्कबाट त्यसैदिन मेरा दारि र जुँगाले पनि बिदा लिनेछन झन्डै २० बर्षको मेरो साथबाट उसले थप्यो घर आफ्नै बनाउने मेरा सपना थिए, त्यो अबको ९ महिना पछि पुरा हुनेछ र लगत्तै अर्को साल म मेरो कामबाट अबकाश लिनेछु ।

घर किन्ने, घर किन्दा लिएको ऋृण भुक्तानी गर्ने र घर आफ्नै नाममा बनाउने सपना गोरा अमेरिकन डेनिशले मात्रै होइनन यी सपना त लाखौ लाख अमेरिकन घर आफ्नै स्वामित्वमा बनाउने जिबनभर सपना साधेर काम र श्रममा तल्लिन छन तै पनि कतिको पुरा हुन्छन यी सपना तर धेरैको पुरा हुदैनन पनि ।

यदि तपाइ अमेरिकामा हुनुहुन्छ , माथि उल्लेखित अमेरिकनहरु जस्तै घर किन्ने, लिएको ऋण भुक्तानि गर्ने र जतिसक्दो चाडो घर आफ्नै स्वामित्वमा राख्न तल्लिन र रातदिन परिश्रम गर्दै हुनुहुन्छ भने कसरि किफायति बन्ने, कसरी रकम सेभिङ्ग गर्ने र कुन तरिकाबाट सेभिङ्ग हुनसक्छ भन्ने निम्नतम जानकारि लिनु र खोजिनिति गर्नु जरुरी हुनसक्छ ।

यदि तपाइले घर खरिद गरिसक्नु भ एको छ , घर खरिद गर्दा ५५% ब्याजदर वा सो भन्दा बढि ब्याजदरमा बित्तिय सस्था वा लेन्डरबाट ऋण लिनु भ एको छ, तपाइको क्रेडीट स्कोर बढेको वा राम्रो बन्दै ग एको छ , तपाइको आम्दानी, पे–रोल बढेको समय छ र तपाइ घरको मोर्गेज पेमेन्ट घटाउन चाहनु हुन्छ भने रिफाइनान्स गर्ने बेला भयो तपाइको घरको र जसबाट ह्यान्डसम एमाउण्ट रकम बचत गर्न सक्नुहुनेछ । रिफाइनान्सबाट दिर्घकालिन रुपमा र तपाइको मासिक पेमेन्ट दर पनि घट्न जानेछ ।

फ्रेडी म्याक साप्ताहिक सर्बेका अनुसार ३० बर्षे घर मोर्गेजका लागि ३ दशमलब ५० प्रतिशत देखि ४ र १५ बर्षका लागि २ दशमलब ७५ प्रतिशत देखि ३ प्रतिशतसम्म लेन्डर ब्याजदर सरदर कायम भ एको देखिएको छ । तपाइ आफ्नो कामको अवकाश पुर्बनै घरको भुक्तानी गर्न चाहनुहुन्छ भने ३० बर्षे फिक्स समयदरलाइ रिफाइनान्स मार्फत १० देखि १५ वा २० बर्षको अबधिभित्र कम ब्याजदरमा हजारौ डलर बचत गर्न सक्नु हुनेछ ।

रिफाइनान्सका लागि चाहिने के–के हुन् ?

घर खरिद गरिसके पछि केहि समय पश्चात घरको तिर्दै आइरहेको मासिक भुक्तानिमा कमि ल्याउन , कम ब्याजदरमा ऋृण परिमार्जन गर्न, पे–अफ अबधि घटाउन र दिर्घकालिन रुपमा रकम बचत गर्न ऋृण रहेकै बैङ्क वा अन्य लेन्डीङ्ग कम्पनि वा बित्तिय संस्थाहरुमा पुन सुधार गरि सेभिङ्ग गर्ने वा कुनै काम बिशेषका लागि रकम नगद आवश्यक भ ए घरको बर्तमान ऋणमा पुनराबलोकन गरि प्रिभिलेज अर्थात लाभ लिने कामलाई रिफाइनान्स भनिन्छ साधारण अर्थमा । भ एको घरको ऋणमा पुनराबलोकन , परिमार्जित वा ऋण ससोधन कार्यलाइ रिफाइनान्स गर्ने भनिन्छ अर्को अर्थमा ।

रिफाइनान्सका लागि निम्न डकुमेन्ट तयारी अबस्थामा राख्नुपर्नेछ जुन लेन्डीङ्ग कम्पनि वा बित्तिय सस्थाहरुले माग्नेछन रिफाइनान्स प्रक्रिया पुरा गर्नका लागि ।
१) बर्तमान काम गरेको प्रमाण , आम्दानिको आधार
२) तपाइसङ्ग भ एको सम्पति वा नगद
३) काम अर्थात पेरोलको अर्धकट्टी
४) कर दाखिला वा ट्याक्स रिटर्नको कागजात
५) बैङ्क स्टेटमेन्ट
६) तपाइको आम्दानि र खर्चको बासलात
७) तपाइको हालको क्रेडीट रिपोर्ट
९) तपाइको हालको कानुनि बसाइको आधार

क्लोजिङ्ग शुल्क कति लाग्छ त ?
तपाइको लेन्डीङ्ग कम्पनि वा बित्तिय सस्थाले मागेका कागजात डकुमेन्ट तपाइले बुझाइसकेपछि उनिहरुसङ्ग तपाइको पुर्ण छलफल पश्चात प्रक्रिया अघि बढी रिफाइनान्सका लागि पुर्ण तयारि भैसकेपछि प्रक्रिया पुरा गर्ने क्रममा लाग्ने खर्चलाइ क्लोजिङ्ग शुल्क भन्ने गरिन्छ । क्लोजिङ्ग कस्ट अर्थात शुल्क कति लाग्छ त ? कुन कुन शिर्षकमा के कति लाग्छ भन्ने कौतुहलता हुनु स्वभाबिक नै हो । तर यो राज्य र लेन्डर अनुसार केहि रकम फरक फरक हुन सक्दछ ।

१) निबेदनका लागि ७५ देखि ३५० डलरसम्म
२) एप्रिजल शुल्क २५० देखि ७०० डलरसम्म
३) लोन ओरिजिनेशन शुल्क प्रिन्सिपलको १ देखि साढे १ प्रतिशत
४) डकुमेन्टेशन शुल्क २०० देखि ५०० डलरसम्म
५) टाइटल शुल्क ७०० देखि ९०० डलरसम्म
६) बाढी सर्टिफिकेशन शुल्क ५० देखि १५० डलरसम्म
७) इन्सपेक्सन शुल्क १७५ देखि ३०० डलरसम्म
८) वकिल, रेकर्डीङ्ग शुल्क ५०० देखि १००० डलरसम्म
९) सर्बे शुल्क १५० देखि ४०० डलरसम्म
१० एजेन्ट शुल्क ५०० देखि १००० डलरसम्म
सबै क्लोजिङ्ग शुल्क हिसाब गर्दा झन्डै ६ हजार डलरको हाराहारिमा आउनसक्छ ।

कति बचत हुनसक्छ ?
होम ओनर क्याल्कुलेशन म्याथ इन्फोको अनुसारमानौ तपाइले घर २ लाख डलरमा खरिद गर्नु भ एको छ ३० बर्षे फिक्स अबधिका लागि ५५ ब्याजदरमा ।

तपाइलाई महसुस भयो रिफाइनान्स गर्दा रकम बचत गर्न सक्नु हुनेछ र तपाइको आम्दानी, क्रेडीट सुधारिएको अबस्था छ भने तपाइले १ लाख ९२ हजार डलरको रिफाइनान्स गर्न लाग्नु भयो अर्थात लेन्डिङ्ग कम्पनिले यति रकम तपाइलाई रिफाइनान्स गर्ने मञ्जरी ग¥यो ३० बर्षका लागि ३५ ब्याजदरमा भनेपछि क्लोजिङ्ग शुल्क ६ हजार राख्दा तपाइले मासिक बचत २६४ डलर गर्नुहुनेछ भने ४७ हजार २ सय २६ डलर तपाइको बचत हुनेछ ३६० महिना अर्थात ३० बर्षमा भने तपाइको मासिक ८०९ डलर भुक्तानि दर हुनेछ ।

थप स्क्रो राख्नु परेमा काउन्टी, राज्य र सिटी कर बढेमा र बिमा शुल्क बढेमा यो दरमा अलिकति बेसि हुनसक्नेछ अर्थात तपाइको बचत ४० हजार डलर तल झर्ने छैन । तर, यदि तपाइले २४० महिना अर्थात २० बर्षको फिक्स समयाबधि राख्नु राखि रिफाइनान्स गर्नुभयो भने तपाई आफु अबकाश पुर्ब नै घरको मोर्गेज पे–अफ गर्न चाहनुभयो भने यो रिफाइनान्सबाट मनग्गे रकम बचत गर्न सक्नुहुनेछ पे अफ समयन्तर घटाउनु भयो भने ।

२४० महिनाको रिफाइनान्स उहि माथि उल्लेखित रकममा मासिक ९ डलर बचत भै ब्रेक इभन समयलाइ आधार मान्दा तपाइको लाइफटाइम सेभिङ्ग ८३ हजार ७९ डलर बचत हुन जानेछ भने तपाइको मासिक पेमेन्ट हजार ६५ डलर हुन जानेछ । यहि क्रममा तपाइ १० बर्ष भित्रै पे–अफ गर्न चाहनुहुन्छ भने त्यहि ब्याजदरमा १२० महिनामा ७८० डलर बचत हुन गै तपाइको लाइफटाइम बचत १ लाख १६ हजार १ सय ६२ डलर हुनेछ भने तपाइको मासिक पेमेन्ट १८ सय ५४ डलरको हिसाबमा ६ हजार क्लोजिङ्ग शुल्कलाइ आधार मान्दा । लेन्डीङ्ग कम्पनिको अतिरिक्त शुल्क ब्याजदरको फरकता र समयाअबधि घटाउदा ब्याजदरको बचत तपाइको खल्तिमा जानेछ ।

क्रेडीट स्कोर तपाइको ब्याजदर र नया लोनको मुख्य आधार

क्रेडीट स्कोर र तपाइको आर्हिक तिरनतारन र बुझबुझारथ, मासिक आम्दानि र खर्चको लेखाजोखाले तपाइको रिफाइनान्सलाइ प्रभाबित बनाउने गर्दछ । तपाइको तत्कालको क्रेडीट रिपोर्ट , क्रेडीट इतिहास र क्रेडीट स्कोरले तपाइको घर रिफाइनान्स गर्ने जमर्कोमा प्रभाबित तुल्याउने मुख्य आधार हो ।

तपाइले घर रिफाइनान्स पुर्ब तप ऐको आफ्नो क्रेडीट रिपोर्ट क्रेडीट ब्युरोबाट तान्न सक्नुहुनेछ र लेखाजोखा गर्न सक्नुहुनेछ । यदि क्रेडीट रिपोर्टमा तपाइको स्कोर ७५० भन्दा तल छ भने रिफाइनान्सका लागि तत्कालका लागि छोडिदिए भयो। यदि तपाइको क्रेडीट बिग्रिएको अबस्था, कम भ एको अबस्था वा प्रभाबित भ एको अबस्था छ भने रिफाइनान्स गर्ने काम अहिलेलाइ छोडिदिनोस । यस्तो अबस्थामा तपाइलाइ लेन्डीङ्ग कम्पनिले इन्कार गर्नेछ रिफाइनान्सका लागि ।

तपाइले बित्तिय सस्थाले तयार पारेको रिफाइनान्सको डकुमेन्ट कागजात राम्ररि हेर्नु पर्नेछ । यदि बुझिएन भने ब्रोकर, एजेन्ट वा वकिल मार्फत त्यहा लेखिएका कुराहरु प्रति पुर्ण जानाकार हुनुहोला नत्र फस्न सकिने सम्भाबना रहन्छ । अर्को कुरा तपाइ घर रिमोडलका लागि रिफाइनास गर्न लाग्दै हुनुहुन्छ भने पनि यस्तो काम कदापि नगर्नु होला।

रिमोडलका लागि २० वा ३० बर्षे अबधिसम्म तिर्दै जाने र यतिका अबधिमा घर फेरि रिमोडल गर्नुपर्ने अबस्था आउनेछ र यस्तो अबस्थामा तपाइलाइ थप आर्थिक चाप पर्न जानेछ । बचत गर्न लाग्दा, नबुझ्दा अरु आर्थिक बोझ बढ्न गै घर गुमाउन समेत बेर लाग्ने छैन । यसखाले काम गर्दा सम्बधित निकाय वा जानकार ब्याक्तिहरुको सहयोग वा हायर गर्दा जोखिमबाट मुक्ति पाउन सकिनेछ ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ श्रावण २८, ०८: २४

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ श्रावण २८, ०८: २४

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ श्रावण २८, ०८: २४

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...