काबुलमा भएको बम विष्फोटमा ४८ को मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काबुलमा भएको बम विष्फोटमा ४८ को मृत्यु

अफगानिस्तानको काबुल स्थित एक शैक्षिक केन्द्रमा बिहिबार बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त शैक्षिक केन्द्रमा पढाइ भइरहँदा आत्मघाती हमलावर प्रवेश गरी बम बिस्फोट गराएका थिए । बिस्फोटमा परी मर्नेमा अधिकांश युवा÷युवतीहरु रहेका छन् ।

उक्त शैक्षिक केन्द्रमा विश्वविद्यालयको प्रवेश परिक्षाको तयारी कक्षा लिने विद्यार्थीहरु पढ्ने गर्थे । त्यस्तै बुधबार उत्तरी राज्य बाघलानमा गरिएको आक्रमणमा परी ३५ सैनिक र ९ प्रहरीको ज्यान गएको थियो । तालिबानले सियाहरुको बाहुल्यता रहेको उक्त क्षेत्रमा भएको घटनामा आफ्नो हात नभएको बताएको छ । अफगानिस्तानको सियाहरु माथि विशेष गरेर इस्लामिक स्टेट समूहका सुन्नीहरुले आक्रमण गर्ने गरेका छन् ।

काबुलको शैक्षिक केन्द्रमा गरिएको आक्रमण लगत्तै तालिबानले आफूले आफगानिस्तानमा कार्यरत रेडक्रशका कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सुरक्षा प्रत्याभूति अब दिन नसक्ने बताएको छ । काबुलका कारगारमा बन्दी जीवन बिताइरहेका तालिबानी बन्दीहरुलाई गरिने व्यवहारका बारे समाचार आएसँगै तालिबानले उक्त कुरा बताएको हो ।

 

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७५ भाद्र ४, ०८: ४०

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०७५ भाद्र ४, ०८: ४०

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०७५ भाद्र ४, ०८: ४०

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...