अफगानिस्तानको काबुल स्थित एक शैक्षिक केन्द्रमा बिहिबार बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उक्त शैक्षिक केन्द्रमा पढाइ भइरहँदा आत्मघाती हमलावर प्रवेश गरी बम बिस्फोट गराएका थिए । बिस्फोटमा परी मर्नेमा अधिकांश युवा÷युवतीहरु रहेका छन् ।
उक्त शैक्षिक केन्द्रमा विश्वविद्यालयको प्रवेश परिक्षाको तयारी कक्षा लिने विद्यार्थीहरु पढ्ने गर्थे । त्यस्तै बुधबार उत्तरी राज्य बाघलानमा गरिएको आक्रमणमा परी ३५ सैनिक र ९ प्रहरीको ज्यान गएको थियो । तालिबानले सियाहरुको बाहुल्यता रहेको उक्त क्षेत्रमा भएको घटनामा आफ्नो हात नभएको बताएको छ । अफगानिस्तानको सियाहरु माथि विशेष गरेर इस्लामिक स्टेट समूहका सुन्नीहरुले आक्रमण गर्ने गरेका छन् ।
काबुलको शैक्षिक केन्द्रमा गरिएको आक्रमण लगत्तै तालिबानले आफूले आफगानिस्तानमा कार्यरत रेडक्रशका कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सुरक्षा प्रत्याभूति अब दिन नसक्ने बताएको छ । काबुलका कारगारमा बन्दी जीवन बिताइरहेका तालिबानी बन्दीहरुलाई गरिने व्यवहारका बारे समाचार आएसँगै तालिबानले उक्त कुरा बताएको हो ।
एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना...
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...