प्रकाण्डलाई अदालत छाड्ने, प्रहरी पक्रदै जाने – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

प्रकाण्डलाई अदालत छाड्ने, प्रहरी पक्रदै जाने

काठमाडौं । अबैद्य रुपमा जबर्जस्ती चन्दा उठाएको, आगजानी गरी भैतिक सम्पतिमा क्षति पुर्याएको र कतिपय आक्रमणमा नागरिकको ज्यान लिने कममा संलग्न भएको आरोप लागेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड यतिवेला प्रहरीको सहयोगमा विभिन्न प्रहरी कार्यालयको हिरासमा बसीरहेका छन् ।

हिंसा र चन्दा आतंकमा उनको संलग्नताको आशंकामा प्रहरीले उनलाई हत्कडी लगाउँदे आदालतको आदेशमा प्रहरी हिरासतमा राखिरहेको छ । महानगरिय प्रहरी परिषर ललितपुरले पक्राउ गरी हिरासतमा राखिएका विश्वकर्मा अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, भोजपुर हुँदै यतिवेला जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका छन् । पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका विश्वकर्मासँग मानवअधिकारबादी बाहेक अरुलाई भेट्न दिएको छैन् ।

मानवअधिकार सञ्जाल दाङको टोलीले विश्वकर्मासँग भेट गरी हिरासत बसाईको अवस्था बारेमा जानकारी लिएको छ । सञ्जालको टोलीसँगको भेटमा नेता विश्वकर्माले राज्यले गैरन्यायिक तरिकाले आफुमाथि मुद्धा चलाईरहेको र हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिएका छन् ।

राज्यले आफुमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको दाबी गर्दै प्रकाण्डले अदालतले पटक पटक रिहा गर्न आदेश दिँदा पनि बारम्बार पक्राउ गरेर आफनो नैसर्गिक हक हरण गरेको गुनासो गरेका थिए । निर्वाचनका क्रममा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको मुद्धा चलाएर शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याईएको हो । अदालतले विश्वकर्मालाई रिहाई गर्न पटकपटक आदेश दिएतापनि प्रहरीले पाँचौ पटक उनलाई गिरफतार गरि दाङबाट मुद्धा चलाएको छ ।

डेड महिनाअघि काठमाडौंको दक्षिणकाली क्षेत्रबाट गिरफ्तार गरिएका बिश्वकर्मालाई पहिले काठमाडौं र ललितपुर पछि काभ्रेको जिल्ला प्रहरी कार्यालयमा अदालतबाट म्याद थप्दै हिरासतमा राखिएको थियो । ललितपुरको भट्टेडाँडामा रहेको एनसेलको टावरमा बम हानी क्षत्रि पुर्याएको, काठमाडौंका विभिन्न व्यापारीसाग अबै चन्दा असुली गरेको, काभ्रेमा एनसेलको टावरमा क्षति पुर्याएको र निर्माण व्यवसायिको सवारी साधनमाथि आगजानी गरिएको अभियोग लगाइएको थियो ।

उनलाई भोजपुरमा पनि निर्वाचनको समयमा बम बिष्फोट गरी घाइते बनाएको भौतिक पूर्वाधारमा क्षति पुर्याएको अभियोग लगाइएको थियो । भोजपुर अदालतबाट ६० हजार धरौटीमा छुटेका बिश्वकर्मालाई प्रहरीले रिहा भएलगतै गिरफ्तार गरी तीन दिन लगाएर दाङ लगिएको थियो ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ भाद्र २५, ०६: ३३

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ भाद्र २५, ०६: ३३

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ भाद्र २५, ०६: ३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...