सुनकोशी गाउँपालिकामा अध्यक्षको दादागिरी ! – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

सुनकोशी गाउँपालिकामा अध्यक्षको दादागिरी !

काठमाडौं । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जि.सिको दादागिरीका कारण गाउँपालिकाका सेवाग्राही मात्र होइन काँग्रेस पार्टीको समेत बदनाम हुन थालेको छ । गाउँपालिकाका अध्यक्ष जि.सि ले स्थानीय सरकार संचालन ऐन २०७४ र ३ नं. प्रदेश सभाको राजपत्रमा प्रकाशित ऐन विरुद्ध आफूखुशी नियम मिचेर गाउँपालिका संचालन गर्दै आएका छन् ।

जसअनुसार हालै मात्र उनले आफूखुशी भारत भ्रमण जाँदा स्वतः कार्य बहाक उपाध्यक्ष हुने व्यवस्थाको बर्खिलाप गर्दै वडा अध्यक्षलाई लिखित रुपमा नै काम गर्नेगरी कार्यबहाक तोकेका थिए । जसअनुसार भाद्र २८ गते सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष नेत्र बहादुर कार्कीलाई कार्यबहाक दिएर निजी कामको लागि भारत गएका थिए ।

यसरी स्थानीय सरकारको ऐनमा काम कर्तव्य र अधिकारको उपदफा (१) क को १२ मा व्यवस्था भए अनुसार ७ दिन भन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा सोही गाउँपालिकाको उपाध्यक्षलाई कार्यबहाक दिनुपर्ने व्यवस्था ऐनमै भएपनि निज जि.सीले उपाध्यक्ष लक्ष्मी पौडेललाई कार्यवहाक नदिएर वडा न १ का वडा अध्यक्षलाई कार्यवहाक पत्र बुझाएका थिए ।

सो ऐनमा व्यवस्था भएअनुसार अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुने भएमा मात्र गाउँपालिकाको कुनै सदस्यलाई दिन सकिने व्यवस्था छ । तर प्रमुख जि.सीले आफू भन्दा जान्ने पढेलेखेको उपाध्यक्ष लक्ष्मी पौडेल महिला भएको कारण कार्यवहाक नदिने भन्दै वडा नं. १ का अध्यक्ष नेत्र बहादुर कार्की पुरुषलाई दिएको भन्दै गाउँपालिकाका महिलाहरु आक्रोसित भएका छन् ।

जि.सी लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका र २०६७ अगाडि एमालेका गाउँ कमिटी सदस्य रहेका थिए । २०६७ मा काँग्रेस प्रदेशसँगै ठेक्कापट्टाका काम गर्दै आएका जि.सी गाउँपालिकाको टिकट लिँदा पनि आफै जिल्लाका केन्द्रीय नेतालाई राम्रो नजराना बुझाएर टिकट प्राप्त गरेका पुरानो काँग्रेसीहरु बताउछन् ।

प्रदेश सभाको राजपत्रको अनुसूचि १ अनुसार गाउँपालिकाको अध्यक्षले पारिश्रमिक वापत मासिक रु. ३००००, संचार सुविधा वापत १५००, विदेश भ्रमण १५० डलर, मात्र लिन पाउने व्यवस्था छ । त्यसैगरी यातायातको सुविधा अनुसार ३ नं. प्रदेशको राजपत्रको ‘खण्ड ५ को १ अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यले पउने यातायात सवारी साधन तथा इन्धन सुविधा प्रदेश सरकारले तोकि दिएको मापदण्ड बमोजिम हुनेछ’ भनिएता पनि अध्यक्ष जि.सीले आफ्नै नजिकका व्यक्तिलाई गाडी किन्न लगाएर सोही गाडी गाउँपालिकामा मासिक रकम १,२०००० (एक लाख बीस हजार) भाडामा लगाएका छन् ।

गाडीको सुविधा गाउँपालिकामा व्यवस्था गरिएको छैन । उता कार्यवहाक पाएका १ नं. वडा अध्यक्ष आफूलाई किन कार्यवहाक दिएको हो भन्दै सुविधा आफू खाने र गाउँपालिकामा भाडामा लगाएको गाडी समेत श्रीमती र छोरालाई दिएको भन्दै आक्रोसित भएका थिए । निजी कामको सिलसिलामा भारतमा विभिन्न सहर घुम्न गएका अध्यक्षले विदेश भ्रमण भत्ता भन्दै लाखौं विल भर्पाई गाउँपालिकाका अधिकृत विर बहादुर बस्नेतलाई पास गर्न लगाएर रकम असुल उपर गरेको हल्ला गाउँपालिकाभरी चलेको छ ।

यसभन्दा अगाडिका अधिकृतलाई निज अध्यक्ष जि.सीले कार्यालयमै कुटपिट गरेका कारण अधिकृत उता गाउँपालिकाबाट सरुवा भएर अन्यन्त्र गएका थिए । अहिलेका वीर बहादुर बस्नेत गाउँपालिकाका अध्यक्ष जि.सीको निर्देशन भन्दै अन्य पदाधिकारीलाई नटेर्ने र नियम मिच्दै अध्यक्ष जि.सीले जे–जे भन्यो त्यही त्यही गर्ने गरेका कारण सुनकोशी गाउँपालकिा अनियमितता नमुना गाउँपालिकामा परिणत हुन लागेको गाउँका बुद्धिजिवीहरु बताउँछन् ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ भाद्र २५, ०६: ३७

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ भाद्र २५, ०६: ३७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ भाद्र २५, ०६: ३७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...