महासमिति बैठक नजिकिंदा चरम गुटबन्दी
काठमाडौं । सत्ताको राप र तापमा परेर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकलाई राहत र सुविधा दिनुका सट्टा करको भारी बृद्धि गर्दै राज्यका हरेक अंगमाथि हस्तक्षेप बढाइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पार्टीको आन्तरिक कलहमा रुमलिएको छ ।
बिधान बमोजिम पर्णता दिनु पर्ने पार्टीका संगठनलाई असरल्ल छोड्ने र संविधान बमोजिम संघीय स्वरुपको पार्टी संरचना निर्माण गर्न नचाहने सभापति शेरबहादुर देउवा र सँधै भागबण्डा खोजिरहने संस्थापनइत्तर पक्षधर नेताका कारण कांग्रेसले आशातित गति लिन नसकेको गुनासो बढ्न थालेको छ ।
पार्टीका नेताहरुको एकताको कामना गरेर बसेका पार्टी कार्यकर्ता र सृदृढ तथा परिपक्व जिम्मेवार प्रतिपक्षीको रुपमा कांग्रेसलाई हेर्न चाहेका आम शुभेच्छुक र नागरिकहरु समेत पार्टीले गति लिन नसक्दा निरास बन्दै गएका छन् ।
पार्टीको नेतृत्वमा पदको सुरक्षाको लागि पार्टीको परम्परा, सहमति, सहकार्य, एकता र बैद्यानिक बाटो परित्याग गर्दै एकलौटी ढंगले अघि बढ्न खोज्ने कार्यशैलीकै कारण पार्टी संस्थापनबिरुद्ध कांग्रेसकै नेताहरु एकजुट हुन थालेका हुन् ।
पार्टीका पूर्वसहमहामन्त्री तथा पार्टी सभापति देउवाको समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका अर्जुननरसिंह केसीले सभापति देउवाबिरुद्धको मोर्चालाई बलियो बनाउने डिजाइनमा लागेका हुन् ।
उनले शुक्रबार सभपाति देउवाइत्तरका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई आफ्नै निवावमा बेलाएर सभापति देउवाबिरुद्धको मोर्चाबन्दीको अनौपचारिक शुरुआत गरेका हुन् ।
पछिल्लो समय एक अर्काबाट टाढिएका देउवाइत्तर समूहका नेता पुनः एकजुट गराउन केसीले भूमिका खेलीरहेका छन् । देउवाविरुद्ध मोर्चाबन्दी गरेका नेता रामचन्द्र पौडेलले जिल्ला सभापति भेलापछि सभापति देउवा नजिक भएको चर्चा चलेपछि सिटौला समूहका नेताहरू असन्तुष्ट बनेका थिए ।
पौडेललाई ‘वाइपास’ गर्दै नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी र डा. शेखर कोइरालाले मोर्चाबन्दीको प्रयास गरेका थिए ।
केसीले बोलाएको भेलामा नेता डा. शेखर कोइराला पनि देउवाविरुद्धको मोर्चामा रहे पनि त्यो गोप्य छलफलमा सहभागी हुन सकेनन् । विराटनगरमा भएका कारण छलफलमा हुन नसकेको र काठमाडौंमा आएपछि छलफलमा बस्ने उनले नेतालाई जानकारी गराएका थिए । पौडेल र सिटौलाको सम्बन्ध सुधार गर्नका लागि नेता केसीले बैठक बोलाएको बताइएको छ । उनीहरूले मोर्चाबन्दीलाई निरन्तरता दिँदै महाधिवेशनसम्म अघि बढ्ने निर्णयसमेत गरेको स्रोतले बताएको छ।
बिहान ९ बजेदेखि ११ बजेसम्म भएको बैठकमा सभापति देउवाले पार्टीको गुट मात्र चलाएको निष्कर्ष निकाल्दै त्यसको विरुद्ध अघि बढ्न साझा धारण तय गर्ने निर्णय गरेको थियो ।
बिहीबार बस्ने भनिएको पार्टी केन्द्रीय समितिको बैठक सभापति देउवाले एकलौटी ढंगलले तयारी नपुगेको भन्दै सारेपछि २८ भदौमा हुने केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति र अनुशासन समितिलगायत समितिको गठन गर्ने कार्यसूचि थियो ।
बैठकमा विभागमा आफूहरूको समूहको प्रतिनिधित्व, कसरी प्रस्तुत हुनेलगायत विषयमा पाँच नेताले छलफल गरेका थिए । बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनलाई कसरी सुदृढ गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भएको नेता केसीले जानकारी दिए ।
अनौपचारिक भेलाले भ्रातृ संगठनको महाधिवेशन निर्धारित समयमा गर्ने, नेताहरुबीचको अविश्वासको वातावरणलाई चिर्ने र देउवाले आफ्नो समूह हार्ने डरले कुनै पनि भातृ र शुभेच्छुक संस्थाको महाधिवेशन नगर्ने पाँच नेताले बैठकमा सहमति भएको थियो ।
पार्टीलाई देउवाको एकलौटी क्रियाकलापबाट खोस्दै अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए । पार्टीको महाधिवेशन आउन करिब एक वर्ष मात्रै हुँदै पछिल्लो समय पार्टीका नेताहरूले आफ्नो तर्फबाट सभापतिमा आफ्नो उम्मेदवारी रहने विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बारेमा पार्र्टी वरिष्ठ नेता पौडेल, नेता सिंह, सिटौला, केसी र शेखरले विभिन्न कार्यक्रममा बोल्दै आएका छन् ।
आगामी दिनमा नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गर्दै कार्यक्रममा नबोल्ने र मंसिरमा हुने महासमिति बैठकमा देउवाविरुद्ध कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा रणनीति तय गर्ने बिषयमा छलफल भएको थियो । आगामी मंसिर पहिलो साता हुने महासमिति बैठक र आगामी दुई बर्ष भित्र हुने पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै नेताहरु सभापति देउवाबिरुद्धको मोर्चाबन्दीमा लागेका हुन् ।
नेता पौडेल, सिटौला, केसी र कोइराला पारिवारका सदस्यको दबाबमा पर्दा सभापति देउवाले केन्द्रीय कार्य सम्पादन समिति र अनुशासन समिति गठन गर्ने भन पनि निर्णयको लागि प्रस्ताव केन्द्रीय कार्य समितिमा पेश गर्न सकेका छैनन् ।
बिधान बमोजिमभन्दा पनि सहमतिको नाममा पार्टी हाँक्न चाहने देउवाको कार्यशैलीले गर्दा उनकै समूह भित्र पनि बिभाजनको रेखा देखिन थालेको छ । देउवाको उत्तराधिकारी बन्नको लागि गत बर्ष पार्टी एकीकरण गरेर आएका बिजयकुमार गच्छदार, उपसभपाति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काबीच रस्साकस्सी मच्चिन थालेको छ ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...